News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल औषधि उत्पादक संघ(एपोन)को अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत चयन भएका छन्।
- एपोनको ३१औँ साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
काठमाडौं । औषधि उद्योगीहरूको संस्था नेपाल औषधि उत्पादक संघ(एपोन)को अध्यक्षमा विप्लव अधिकारी चयन भएका छन् ।
काठमाडौंमा जारी ३१औँ साधारणसभाले अधिकारीलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो । अध्यक्षका अर्का प्रत्यासी दिपक प्रसाद दाहालले उम्मेदवारी फिर्ता लिएपछि आफू सर्वसम्मत भएको अधिकारीले जानकारी दिए ।
दाहाल एपोनका पूर्वअध्यक्ष हुन् । दुई वर्षअगाडि भएको निर्वाचनमा अध्यक्ष्यको उम्मेदवार रहेका अधिकारी महेश प्रधानसँग पराजित भएका थिए ।
एपोनले आगामी २ वर्षका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । एपोनमा ६४ औषधि उद्योगका एक-एक जना सदस्यले मत हाल्न पाउने व्यवस्था छ ।
नयाँ कार्यसमितिको सूची
अध्यक्ष : विप्लव अधिकारी
निवर्तमान अध्यक्ष : महेश प्रसाद प्रधान
बरिष्ठ उपाध्यक्ष : प्रभात रुगङ्टा
उपाध्यक्ष : पृथ्वी राज भण्डारी (निजु)
महासचिव : सन्तोष बराल
सचिव : गिरिराज पाठक (गणेश )
कोषाध्यक्ष : सुमित चन्द्र श्रेष्ठ
सदस्यहररू : शैलेस वैद्य, पन्जक तिवारी, ईश्वर भण्डारी, शरदचन्द्र ओझा, सजल राज रेग्मी र प्रवन दाहाल ।
प्रतिक्रिया 4