+
+
Shares

कलामा प्रेम र यौन 

जापानी कलाकार सुजुकी हरुनोबुको लभर्स वाकिङ इन द स्नो (१७६० तिर) सुरुमा प्रेममय लाग्छ, तर माथिका सुख्खा हाँगाले अनिष्टको संकेत गर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते ८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलामा प्रेम र वासना प्राचीन कालदेखि चित्रण हुँदै आएको छ, जस्तै ११ हजार वर्ष पुरानो एइन साख्री लभर्स मूर्ति।
  • मध्यकालीन भारतका हिन्दू मन्दिरहरूमा मिथुन मूर्तिहरूले प्रेमको स्थायित्व र क्षणभङ्गुरता दुवै देखाएका छन्।
  • रेम्ब्रान्टको द ज्युइश ब्राइडमा प्रेम कथालाई लुकेर हेर्ने दृष्टिले चित्रण गरिएको छ, जसले दर्शकलाई कथामा हाम्रो स्थानबारे सोच्न बाध्य पार्छ।

प्रेम जटिल छ । कला पनि जटिल छ । र, जब यी दुई एकसाथ आउँछन्- परिणाम कहिलेकाहीँ अचम्मको हुन्छ ।

चाहे ढुङ्गे युगको अँगालो मारिरहेको जोडीको मुर्ति होस् या गुस्ताभ क्लिम्टको सुनौलो चित्र द किस (१९०७–०८), रेम्ब्रान्टको द ज्युइश ब्राइड (१६६५–६९) होस् या अगस्ट रोडिनको मार्बल मूर्ति द किस (१९०१–०४), कला इतिहासमा प्रेम र वासना सँगसँगै आइरहेका छन् ।

रोमान्स चित्रण गरिएको सबैभन्दा पुरानो मध्ये एक हो, एइन साख्री लभर्स । यो करिब ११ हजार वर्ष पुरानो पत्थरको सानो मूर्ति हो । जुन सन् १९३३ मा बेथलेहेम नजिकको गुफामा फेला परेको थियो । यसमा दुई आकृतिहरू यति नजिक छन् कि तिनीहरूको लिङ्ग छुट्याउन सकिँदैन । एक कोणबाट हेर्दा उनीहरू एकअर्कामा विलीन भएको देखिन्छ । तर अर्को कोणबाट यौनक्रिडामा मस्त जोडी देखिन्छ ।

त्यस्तै मध्यकालीन भारतका हिन्दू मन्दिरहरूमा मिथुन भनिने मूर्तिहरू सजाइन्थे । जसमा जोडीहरू प्रेमपूर्ण मुद्रामा देखाइन्थे । उत्तरपूर्व भारतको ओडिशाको १३औँ शताब्दीको प्रसिद्ध मूर्तिमा एक जोडी चुम्बन गर्न लागेको देखिन्छ ।

तर यसको अर्थ कहाँ बसेर दर्शकले हेरिरहेको छ भन्ने कुराले फरक पार्छ । जस्तोस् मन्दिर वरिपरि घुम्ने क्रममा कहिले जोडी चुम्बन गरिरहेको देखिन्छ त कहिले मात्र चुम्बन गर्न लागेको । यसरी प्रेमको स्थायित्व र क्षणभङ्गुरता दुवैलाई यो मूर्तिले समेटेको छ ।

रेम्ब्रान्टको द ज्युइश ब्राइडमा बाइबलका पात्रहरू इसहाक र रेबेकालाई देखाइएको छ । उक्त कथाअनुसार इसहाकले अरू पुरुषहरूबाट बचाउन रेबेकालाई बहिनी भनेर चिनाउँछन् । अन्य कलाकारहरूले बनाएको यस चित्रको संस्करणमा जासुसी गर्ने राजा देखिन्थे, तर रेम्ब्रान्टले उनलाई हटाए । यसले दर्शकलाई नै लुकेर हेर्ने भूमिकामा राख्छ, जसले हामीलाई उक्त कथामा हाम्रो स्थानबारे सोच्न बाध्य पार्छ।

कतिपय कलाकारहरूले प्रेमलाई हास्यसहित चित्रण पनि गरेका छन् । एन्टोइन वाट्टुको ला सरप्राइज (१७१८) मा एक सङ्गीतकारले खराब संगीत बजाएर प्रेमी जोडीलाई बाधा पुर्‍याउने कोसिस गर्छ । यतिसम्म कि कुकुर पनि असन्तुष्ट देखिन्छ ।

जापानी कलाकार सुजुकी हरुनोबुको लभर्स वाकिङ इन द स्नो (१७६० तिर) सुरुमा प्रेममय लाग्छ, तर माथिका सुख्खा हाँगाले अनिष्टको संकेत गर्छ । मार्क चागलको बर्थडे (१९१५) मा एउटा जोडी मस्त प्रेममा रमाइरहेका छन् । तर टेबलमा राखिएको छुराले खतराको आभास दिन्छ ।

कलामा समलिङ्गी प्रेम पनि उहिल्यैदेखि बनाउन थालिएको पाइन्छ । सिमियन सोलोमनको साफो एण्ड एरिन्ना इन अ गार्डेन एट माइटिलीन (१८६४) मा दुई महिला अँगालो मारिरहेका छन् । तर छेउमा कालो चरी छ । जो समाजको अस्वीकृतिको बिम्ब हो ।

त्यस्तै क्लिम्टको द किसमा आवेगमा आएर एकअर्कालाई बलपूर्वक समातेर चुम्बन गरिरहेको जोडी देखिन्छ । रेने माग्रेटको द लवर्स (१९२८) मा अनुहारमा कपडा ओढेर चुम्बन गरिरहेको देखिन्छ ।

यसका साथै सन् २००३ मा बेलायतकी मूर्तिकार कोर्नेलिया पार्करले रोडिनको द किस मूर्तिलाई एक माइल डोरीले बेरेर प्रदर्शनीमा राखिन् । त्यसबाट उनले सम्बन्धहरू कहिलेकाहीँ गाँठागुँठी र जटिल हुन्छन् भनेर देखाउन खोजेकी थिइन् ।

यसरी कलामा प्रेम वर्षौं समयदेखि आइरहेको छ । तर यी दुवै रहस्यमय छन् । कहिल्यै सरल हुँदैनन् । पूरै बुझाउन वा नियन्त्रण गर्न पनि सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?