+
+
Shares
संघीय निजामती सेवा विधेयक :

मुख्यसचिव अर्यालको कार्यकाल लम्ब्याउने प्रयास

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १०:२३

१६ भदौ, काठमाडौं । प्रचलित ऐनअनुसार ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल आगामी मंसिर ९ गते अनिवार्य अवकाशमा जानेछन् । तर उनलाई समेत फाइदा हुने गरी संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारीको अनिवार्य अवकाश ५८ बाट ६० वर्ष पुर्‍याइँदैछ ।

अनिवार्य अवकाशको उमेर बढ्दा मुख्य सचिव अर्याललाई फाइदा नपुग्ने गरी प्रतिनिधि सभाले विधेयक पास गरेर राष्ट्रिय सभामा पठाएको थियो ।

प्रतिनिधि सभाबाट पारित भएर अगाडि बढेको विधेयक ऐनमा रुपान्तरित भएर लागू भएको वर्ष ५८ वर्ष नै अनिवार्य अवकाशको उमेरहद राख्ने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्ष कायम गर्ने भनिएको छ ।

तर, राष्ट्रिय सभामा विधेयक पुगेपछि सरकारले ऐन लागू भएको वर्ष नै ५९ वर्ष लागू गर्ने प्रस्ताव राखेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले केही प्रावधिक विषय मिलाउनुपर्ने भनेर यस्तो प्रस्ताव राखेकी छिन् । जसलाई विपक्षी दलहरूले स्वीकार गरिसकेका छैनन् ।

प्रतिनिधि सभाबाट पारित भएर अगाडि बढेको प्रावधान नै राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा मुख्यसचिव अर्यालले आगामी मंसिर ९ गते अनिवार्य अवकाश पाउनेछन् । सरकारले प्रस्ताव गरेअनुसार विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५९ वर्षमा अनिवार्य अवकाश हुने भनिए मुख्यसचिव अर्यालको कार्यकाल २०८३ साल भदौ १३ गतेसम्म लम्बिनेछ ।

अर्याल २०८१ साल भदौ १३ गते मुख्यसचिवमा नियुक्त भएका थिए । मुख्यसचिवको कार्यकाल २ वर्ष कायम गर्ने विषयमा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सहमत भएको छ । यो प्रावधान प्रतिनिधि सभाले समेत पारित गरेर पठाएको हो ।

विधेयकमा टुंगिन बाँकी विषय आज टुंगो लगाएर राष्ट्रिय सभामा पेस गर्ने तयारी छ ।

यदि विधेयक ऐनमा रुपान्तरित भएको वर्ष अनिवार्य अवकाशको उमेर हद ५९ वर्ष बनाइए नौ सचिवसहित सहसचिव र उपसचिवहरुको समेत कार्यकाल लम्बिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?