
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच एससीओ शिखर सम्मेलनमा सोमबार साँझ हुने द्विपक्षीय भेटवार्ता दुई घण्टा पछि सरेको छ।
- चीनको तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा भेटवार्ताको समय साँझ ६:४५ देखि ७:१५ सम्म तय भए पनि एससीओ प्लस बैठक लम्बिएको कारण समय सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
- प्रधानमन्त्री ओलीले सोमबार एससीओ बैठकमा सम्बोधन गरेका छन्।
१६ भदौ, काठमाडौं। साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार साँझ हुने द्विपक्षीय भेटवार्ता दुई घण्टा पछि सरेको छ ।
चीनको तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा सोमबार साँझ ६: ४५ देखि ७:१५ सम्मका लागि भेटको समय तय भएको छ। तर एससीओ प्लसको बैठक लम्बिएका कारण भेट गर्ने समय केही पछि सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले सोमबास एससीओ बैठकमा सम्बोधन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4