+
+
Shares

सिटी एक्सप्रेसको ‘यो दशैंतिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ योजना सार्वजनिक

कम्पनीका अनुसार यो अफर १६ भदौदेखि १५ कात्तिकसम्म लागु हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १९:४४

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०८२ सालको दशैंं, तिहार र छठ लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ९ हप्तासम्म चल्ने गरी ‘यो दशैंतिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ उपहार योजना घोषणा गरेको छ ।

उक्त कार्यक्रममा हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपालको उपस्थिति थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत हरेक हप्ता १ जनाले १ लाख र हरेक दिन सबैले सिटी पेबाट क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफर १६ भदौदेखि १५ कात्तिकसम्म लागु हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुन सक्नेछन् ।

यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने छ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?