
१८ भदौ, चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको लोकाहामा कन्टेनर र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्टेनर चालक माधव पंज्ञानी छन् ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी मधु नेपालका अनुसार पंज्ञानीको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
गएराति नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९ नम्बरको कन्टेनर र बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्र २–०३००१ ख ४०५६ नम्बरको ट्रक ठोक्किएका थिए ।
दुर्घटनामा घाइते कन्टेनर सहचालक रामबहादुर सार्की र ट्रक चालक बिचबहादुर थिङ घाइते भएका छन् । उनीहरुको भरतपुरमै उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4