
१९ भदौ, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई ‘उत्तर कोरिया बनाउन लागेको’ भन्दै कटाक्ष गरेका छन् ।
सरकारले दर्ता हुन नआएका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय बिहीबार गरेको छ ।
त्यसप्रति आपत्ति जनाउँदै बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नियमनको प्रविधीको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथेँ मैले । तर, सरकारले नर्थ कोरिया पो बनाउने भएछ । विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि ।’
सरकारले क्रमश: लागू हुनेगरी सूचीकृत नभएका सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4