+
+
Shares

झापा इनर्जीको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते ९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा इनर्जीले २० भदौदेखि सर्वसाधारणका लागि ४ लाख ७३ हजार ३३६ कित्ता प्राथमिक सेयर (आईपीओ) खुलाएको छ।
  • कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ रहेको छ र न्यूनतम १० तथा अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिन्छ।
  • झापाको शिवसताक्षी नगरपालिकामा १० मेगावाट सौर्य विद्युत् आयोजना निर्माण गरिएको छ, जसको लागत ८७ करोड ९० लाख रुपैयाँ छ।

२० भदौ, काठमाडौं । आम सर्वसाधारणका लागि आज शुक्रबारदेखि झापा इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो ।

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै आईपीओ बाँडफाँट भइसकेको छ । कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ छ ।

न्यूनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको छ । भदौ २४ गतेसम्म कम्पनीमा आवेदन दिन सकिनेछ ।

कम्पनीले इक्रा नेपालबाट बी माइनस रेटिङ पाएको छ । गत आर्थिक वर्ष चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७२ पैसा ऋणात्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ४० पैसा छ । साथै सो अवधिसम्म कम्पनीको सञ्चित नोक्सानी १ करोड ३१ लाख रुपैयाँ छ ।

कम्पनीले झापाको शिवसताक्षी नगरपालिकामा १० मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण गरेको छ । सो आयोजनाको कुल लागत ८७ करोड ९० लाख रुपैयाँ छ । प्रतिमेगावाट लागत ८ रुपैयाँ ७९ पैसा छ ।

अनुमतिपत्र बहाल अवधि २२ वर्ष बाँकी छ । इक्वीटीमा साधारण लगानी फिर्ता हुने अनुमानित अवधि ९.५५ वर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?