+
+
Shares

एमाले निर्वाचन आयोगको अध्यक्षमा विजय सुब्बा नै

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १९:४०

२२ भदौ, काठमाडौं । नेकपा एमालेको निर्वाचन आयोगको अध्यक्षमा विजय सुब्बा नै दोहोरिएका छन् ।

यसअघि पनि निर्वाचन आयोगको अध्यक्षमा उनै सुब्बा थिए ।

यस्तै आयोगको उपाध्यक्ष सानुराजा पोखरेल, सचिव कुन्साङ लामा दोहोरिएका  हुन् ।

आजसम्म तीन दिन चलेको एमालेको विधान महाधिवेशनले निर्वाचन आयोगमा सुब्बालाई दोहोर्‍याउने निर्णय गरेको हो ।

यसैगरी निर्वाचन आयोगका सदस्यहरूमा समिर नेपाल, टंकप्रसाद उप्रेती, चन्द्रलाल मगर, कृष्णकुमार आङदाम्बे, काशीचन्द्र बराल, हरिप्रसाद भण्डारी, सूर्यबहादुर शाही, भूराज राई, भरतकुमार पोखरेल, हिराचन्द्र केसी, लोकबहादुर थापा रहेका छन् ।

यसैगरी केशवराज आचार्य, अमन तामाङ, झबिलाल पोखरेल, नर्बदा भण्डारी, बिमला विश्वकर्मा, अर्चना गहतराज, सर्मिला गुरुङ, नारायणी शर्मा, रचनाराज उपाध्याय, हिमकला गैरे र बिनादेवी साह सदस्‍य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?