+
+
Shares

अर्थमन्त्रीले गरे नियामक निकायका प्रमुखहरूसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री रामेश्वर प्रसाद खनालले बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूसँग भेटघाट गरी समष्टिगत आर्थिक स्थायित्व र आर्थिक सुशासन कायम गर्ने विषयमा छलफल गर्नुभएको छ।
  • नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको स्मरण गराएका छन्।
  • अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति र मार्गनिर्देशनका लागि नियामक निकायका प्रमुखहरूले अर्थमन्त्रीप्रति आभार व्यक्त गरेका छन्।

२ चैत, काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूसँग भेटघाट तथा छलफल गरेका छन् ।

सोमबार अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल समेतको उपस्थितिमा भेटघाट भएको मन्त्रालयले जनाएको छ । भेटमा नियामक निकायहरूको तर्फबाट नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ सहभागी थिए ।

भेटघाटमा अर्थमन्त्री खनालले आफूलाई अर्थमन्त्रीको रुपमा रहँदा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न, पूँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन तथा आर्थिक सुशासन कायम गराउन नियामक निकायले खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा नियामक निकायका प्रमुखले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको स्मरण गराउँदै नेपालका बैंक तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गराउन अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति र मार्गनिर्देशनका लागि अर्थमन्त्रीप्रति आभार व्यक्त गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?