+
+
Shares

हावाहुरीले खोटाङको हलेसी एफमएको रिपिटर टावर भाँचियो, प्रशारण बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन २ गते साँझ आएको हावाहुरीले खोटाङको हलेसी एफएम १०२.४ मेगाहर्जको रिपिटर टावर भाँचिएको छ।
  • हावाहुरीले टावर नजिकै रहेको दुई भवनमध्ये एकको जस्ताको छाना उडाएको छ।
  • खोटाङका विभिन्न ठाउँमा दर्जनौं घर र विद्यालयको छाना उडेको छ।

३ फागुन, खोटाङ । हावाहुरीले खोटाङको हलेसी एफमए १०२.४ मेगाहर्जको रिपिटर टावर भाँचिएको छ । फागुन २ गते साँझ सामान्य वर्षासँगै आएको हावाहुरीले एफएमको रिपिटर टावर भाँचिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको मुढेमा रहेको टावर भाँचिएपछि रेडियोको प्रशारण रोकिएको छ । हावाहुरी सुरु हुने वित्तिकैदेखि प्रशारण बन्द गरिएको हलेसी एफएमका सञ्चालक समिति अध्यक्ष बिष्णुकुमार राईले बताए । तिव्र गतिको हावाहुरीले रेडियोको टावर भाँचिएर भुइँमा थुप्रिएको छ ।

यस्तै एफएमको टावर सँगै रहेको दुई भवनमध्ये एक भवनको जस्ताको छाना पनि हावाहरीले उडाएको छ । हावाहुरीले टावर नजिकै रहेको विद्युतको दुई वटा पोल पनि ढालेको छ ।

हावाहुरीले खोटाङका विभिन्न ठाउँमा दर्जनौं घर र विद्यालयको छाना उढाएको छ । क्षतीको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकीले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?