News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको सदरमुकाम सिमकोटमा महिलाहरूले हप्तौंदेखि खानेपानी अभाव भएपछि जिल्ला प्रशासन कार्यालयको गेट बाहिर घेराउ गरेका छन्।
- गाउँपालिका र सम्बन्धित निकायलाई पटक पटक खानेपानी समस्या समाधान गर्न आग्रह गरिए पनि सुनुवाइ नभएको स्थानीय गिता लामाले बताइन्।
- स्थानीय उद्गम बुढाले खानेपानी अभावका कारण अरूको धारामा पानी भर्न जान बाध्य भएको गुनासो सुनाए।
३ चैत, हुम्ला । खानेपानी अभाव चुलिएपछि हुम्लाको सदरमुकाम सिमकोटमा महिलाहरू आन्दोलित बनेका छन् ।
उनीहरूले जिल्ला प्रशासन कार्यालयको गेट बाहिर घेराउ गरेका हुन् ।
हप्तौंदेखि खानेपानीको अभाव भएपछि सम्बन्धित निकायालाई आग्रह गरेपनि सुनुवाइ नभएको गुनासो उनीहरूको थियो ।
स्थानीय गिता लामाका अनुसार, गाउँपालिकामा पटक पटक खानेपानीको समस्या समाधान आग्रह गरेपनि सुनुवाइ नभएको हो ।
अर्का स्थानीय उद्गम बुढा पनि खानेपानी समस्या भएपछि अरूको धारामा पानी भर्न जान बाध्य हुनपरेको गुनासो सुनाउँछन् । (हुम्लाबाट नरजन तामाङको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4