+
+
Shares

चुनावमा पराजित भएपछि एमाले तानसेन कमिटी विघटन, डाकियो अधिवेशन

नेकपा एमालेले तानसेन नगर कमिटी विघटन गरिएको छ । मंगलबार बसेको बैठकले नगर कमिटीसहित १४ वटा वडा कमिटी विघटन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले तानसेन नगर कमिटीसहित १४ वटा वडा कमिटी विघटन गरेको छ।
  • बैठकले जेठ ३ गते मदनआश्रित स्मृति दिवसमा नगर अधिवेशन गर्ने र तीन महिनाभित्र सबै वडाको अधिवेशन गर्ने निर्णय गरेको छ।
  • ठाकुर गैह्रैले मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए र वडा अध्यक्षहरूले निर्वाचनबारे वडागत ब्रिफिङ गरेका थिए।

३ चैत, पाल्पा । नेकपा एमालेले तानसेन नगर कमिटी विघटन गरिएको छ । मंगलबार बसेको बैठकले नगर कमिटीसहित १४ वटा वडा कमिटी विघटन गरेको हो ।

प्रतिनिधिसभा निर्वाचन परिणामको समीक्षा बैठकमा कार्यकर्ताको रोजाइ अनुसारको चुस्तदुरुस्त कमिटी बनाउन अहिलेका कमिटी विघटन गरिएको अध्यक्ष गुरास आत्रेयले जानकारी दिए ।

बैठकले आगामी जेठ ३ गते मदनआश्रित स्मृति दिवसको दिन नगरको अधिवेशन गर्ने र ३ महिनाभित्र सबै वडाको वडा कमिटी अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा एमाले तर्फका उम्मेदवार बनेका ठाकुर गैह्रैले मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए । आजको बैठकमा वडा कमिटीका अध्यक्षहरूले निर्वाचनबारे वडागत ब्रिफिङ गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?