+
+
Shares

बिन्ध्यवासिनी म्युजिक अवार्ड : शम्भुजीतलाई दीर्घ साधना सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते २०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिन्ध्यवासिनी म्युजिक अवार्डको १६ औं संस्करण २७ चैतमा राष्ट्रिय नाचघर जमलमा आयोजना हुने भएको छ।
  • संगीतकार शम्भुजीत बासकोटालाई एक लाख रुपैयाँ नगद र सम्मानपत्रसहित लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२ प्रदान गरिनेछ।
  • यस वर्षबाट कुल ११ विधामा अवार्ड दिइने र प्रत्येक विजेतालाई ट्रफीसहित ५ हजार रुपैयाँ नगद प्रदान गरिने फाउण्डेसनकी अध्यक्ष लीना रेग्मीले बताउनुभयो।

काठमाडौं । बिन्ध्यवासिनी म्युजिक अवार्डको १६ औं संस्करण २७ चैतमा आयोजना हुने भएको छ । सोहीअनुसार, मंगलबार सम्मान र पुरस्कार घोषणा गरिएको छ ।

अवार्ड समारोहमा संगीतकार शम्भुजीत बासकोटालाई एक लाख रुपैयाँ नगद र सम्मानपत्रसहित ‘बिन्ध्यावसिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२’ प्रदान गरिने भएको छ ।

५० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित ‘संगीत साधना सम्मान २०८२’ बाट गीतकार विजय शिवाकोटी र २५ हजार रुपैयाँ नगद तथा सम्मानपत्रसहित पत्रकार पवन आचार्यलाई बिन्ध्यावसिनी कला पत्रकारिता सम्मान २०८२ प्रदान गरिने भएको छ ।

बिन्ध्यवासिनी फाउण्डेसनका सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखर पुरूष गायक स्व. प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उनको नाममा रहेको प्रेमध्वज संगीत रत्न सम्मानबाट यो बर्ष २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित गायिका रचना रिमाललाई सम्मानित गरिने भएको छ ।

लोक गायक झलकमान गन्धर्वको नाममा स्थापित झलकमान लोकसंगीत सम्मान २०८२ बाट २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित लोक दोहोरी गायक पशुपति शर्मालाई सम्मान गरिने जनाइएको छ ।

यस बर्ष अवार्डको विधा घटाइएको फाउण्डेसनकी अध्यक्ष लीना रेग्मीले जनाइन् । उनका अनुसार यस वर्षबाट पब्लिक च्वाईस अवार्डसमेत गरी कुल ११ विधामा अवार्ड प्रदान गरिनेछ ।

यसै वर्षबाट हरेक विजेतालाई ट्रफीसहित ५ हजार रुपैयाँ नगदसमेत प्रदान गरिने रेग्मीले जानकारी गराइन् । समारोह राष्ट्रिय नाचघर जमलमा आयोजना गरिने सञ्चालक सुवास रेग्मीले जनाए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?