+
+
Shares

नेविसंघको १२ औँ महाधिवेशन वैशाख २० र २१ मा गर्ने प्रस्ताव

शुक्रबार सुरु भएको नेविसंघको सिनेट बैठकमा अध्यक्ष दुजाङ शेर्पाले प्रस्ताव गरेको  महाधिवेशनको कार्यतालिकाअनुसार वैशाख २० र २१ मा महाधिवेशन गर्ने कुरा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १६:३०

६ चैत, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशनको वैशाख २० र २१ गते प्रस्ताव गरिएको छ । शुक्रबार सुरु भएको नेविसंघको सिनेट बैठकमा अध्यक्ष दुजाङ शेर्पाले प्रस्ताव गरेको  महाधिवेशनको कार्यतालिकाअनुसार वैशाख २० र २१ मा महाधिवेशन गर्ने कुरा उल्लेख छ ।

प्रस्तावित कार्य तालिकाअनुसार चैत १७ गते अधिवेशन प्रतिनिधि चयन/प्रतिनिधि नामावली प्रकाशन, चैत २५ गते माध्यमिक विद्यालयमा अधिवेशन, चैत २७ गते स्थानीय तहका अधिवेशन, चैत २९ गते क्याम्पस, कलेज, प्रतिष्ठान र सीटीईभीटीअन्तर्गतका शिक्षालयमा अधिवेशन, वैशाख ६ गते ७७ जिल्लामा अधिवेशन, वैशाख ८ र ९ गते क्याम्पस इकाई अधिवेशन, वैशाख १० र ११ गते विश्वविद्यालय क्याम्पस समिति र समन्वय समितिका अधिवेशन, वैशाख १५ गते प्रदेश अधिवेशन र २० र २१ गते केन्द्रीय महाधिवेशन गर्ने भनिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?