News Summary
Generated by OK AI. Editorially reviewed.- वैद्य एनर्जी प्रालिले नयाँ एथर रिज्टा एस इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ।
- रिज्टा एसले अधिकतम १२३ किमी रेन्ज, १० मिनेटमै १५ किमी फास्ट चार्जिङ र ८० किमी प्रतिघण्टा गति दिनेछ।
- ग्राहकले ९९९ रुपैयाँमै फिर्तायोग्य रकममा रिज्टा एस बुक गर्न सक्ने कम्पनीले जनाएको छ।
६ चैत, काठमाडौं । नाइमा एक्स्पो २०२५ मा सार्वजनिक गरिएको एथर रिज्टा जीले सकारात्मक प्रतिक्रिया पाएसँगै रिज्टा एस सार्वजनिक हुने भएको छ । नेपालको दुई पाङ्ग्रे ईभी ब्रान्ड वैद्य एनर्जी प्रालिले नयाँ एथर रिज्टा एस सार्वजनिक गर्ने तयारी गरेको छ।
यस मोडेलले प्रिमियम आराम, दैनिक प्रयोगमा सहजता र उत्कृष्ट मूल्यलाई एकैसाथ उपलब्ध गराउँदै विद्युतीय सवारीतर्फको रूपान्तरणलाई अझ तीव्र बनाउने लक्ष्य राखेको छ।
‘नेपाली परिवारको आवश्यकता ध्यानमा राखी डिजाइन गरिएको रिज्टा एसलाई सबैभन्दा व्यवहारिक र सहज पहुँचयोग्य इलेक्ट्रिक स्कुटरका रूपमा प्रस्तुत गरिएको छ, जसले स्मार्ट र दिगो यातायाततर्फ नेपाललाई अघि बढाउन मद्दत गर्नेछ’ वैद्य एनर्जी प्रालिले एक विज्ञप्तिमा भनेको छ ।
देशभरका ग्राहकले अब फिर्तायोग्य रहनेगरी ९९९ रुपैयाँमै रिज्टा एस बुक गर्न सक्ने कम्पनीले जनाएको छ । नयाँ स्कुटरले अधिकतम १२३ किमी रेन्ज प्रदान गर्ने, १० मिनेटमै १५ किलोमिटर सम्मको दूरी थप्न सकिनेगरी फास्ट चार्जिङ सपोर्ट गर्ने, ३४ लिटरको विशाल अन्डरसिट स्टोरेज रहेको, ८० किलोमिटर प्रतिघण्टा अधिकतम गति प्रदान गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4