+
+
Shares

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा रकम ठगी गरेको आरोपमा ५ जनालाई प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरूमा अर्जुन बहादुर पौडेल, डिल्ली राम भुजेल, उमा गुरूङ, आशिष महत र संगिता श्रेष्ठ रहेका छन्।
  • उनीहरूले विभिन्न देश पठाइदिन्छु भन्दै पीडितबाट लाखौं रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको उजुरी परेको थियो।

८ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका–७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ वर्षीया उमा गुरूङ, ललितपुर महानगरपालिका–७ बस्ने कास्की घर भएका ३३ वर्षीय आशिष महत र भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन् ।

पक्राउ परेकामध्ये अर्जुनले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रूपैयाँ, डिल्लीले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९९ हजार रूपैयाँ, उमाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ,  आशिषले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख रूपैयाँ र संगिताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६८ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी परेको थियो ।

आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उमा र संगितालाई काठमाडौं महानगरपालिका–१२ बाट तथा आशिषलाई काठमाडौं महानगरपालिका–१० बाट आइतबार पक्राउ गरेको हो । साथै अर्जुनलाई काठमाडौं महानगरपालिका–४ बाट र डिल्लीलाई काठमाडौं महानगरपालिका–९ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?