+
+
Shares

सिंहदरबार सुरक्षा प्रबन्धबारे गृह मन्त्रालयमा बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १८:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सिंहदरबार सुरक्षा प्रवन्धका लागि बैठक बसेको छ।
  • बैठकमा नवनिर्वाचित संघीय सांसदको सपथ ग्रहण र अधिवेशन सञ्चालनबारे छलफल भएको छ।
  • गृहमन्त्रीले ट्राफिक र सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिएका छन्।

८ चैत, काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता आज मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ ।

गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीसहितको बैठकले नवनिर्वाचित संघीय सांसदको सपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो ।

बैठकमा गृहमन्त्री अर्यालले सांसदहरुको सपथ ग्रहण, संसद अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक र  सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिए ।

सुरक्षाको आवश्यकीय प्रबन्ध गरिएको प्रहरीका उच्च अधिकारीबाट जानकारी गराइएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?