News Summary
Generated by OK AI. Editorially reviewed.- पासाङ डेकी शेर्पा (दिकिला शेर्पा) यसवर्षको ६१औँ फेमिना मिस इन्डिया २०२६ मा सिक्किमको प्रतिनिधित्व गर्ने भएकी छन्।
- फेमिना मिस इन्डिया प्रतियोगिता आगामी अप्रिल १८ मा भारतको ओडिशा राज्यको भुवनेश्वरमा आयोजना हुँदैछ।
- दिकिलालाई सिक्किम ग्ल्यामर वल्र्डले तयारीका लागि मार्गदर्शन गरिरहेको छ र उनी फिल्म 'कुस्ती' बाट नेपाली फिल्ममा डेब्यू गरेकी छिन्।
काठमाडौं । पासाङ डेकी शेर्पा (दिकिला शेर्पा) ले यसवर्षको ‘मिस इन्डिया’ प्रतिस्पर्धामा पूर्वोत्तर भारतीय राज्य सिक्किमको प्रतिनिधित्व गर्ने भएकी छन् ।
यस वर्षको ६१औँ ‘फेमिना मिस इन्डिया २०२६’ प्रतियोगिता आगामी अप्रिल १८ मा भारतको ओडिशा राज्यको भुवनेश्वरमा आयोजना हुँदैछ ।
मिस इन्डिया अर्गनाइजेसनले इन्स्टाग्राममार्फत प्रतियोगितामा सहभागी हुन विभिन्न राज्यका सुन्दरीको सूची सार्वजनिक गरेको छ । जसअनुसार, दिकिलाले सिक्किमबाट प्रतिनिधित्व गर्ने भएकी हुन् ।
दिकिलालाई प्रतियोगिताको तयारीका लागि ‘सिक्किम ग्ल्यामर वल्र्ड’ ले मार्गदर्शन र प्रशिक्षण दिइरहेको छ । खास नाम पासाङ डेकी शेर्पा भएपनि उनी दिकिलाको नामले परिचित छिन् ।
उनले सन् २०२१ मा ‘मिस टिन फेसन आइकन’ उपाधि जितेकी थिइन्, जसले उनको सौन्दर्य प्रतियोगिताप्रतिको लगाव र सम्भावनालाई प्रारम्भमै देखाएको थियो ।
उनी भारतको चर्चित टिभी रियालिटी शो ‘स्पिल्टसभिल्ला’ बाट निकै चर्चामा आएकी हुन् । यसवर्ष उनले फिल्म ‘कुस्ती’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी छिन् । बुद्धि तामाङले निर्देशन गरेको यो फिल्म प्रदर्शन तयारीमा छ ।
त्यसअघि उनले रोहित अधिकारीको फिल्म ‘माइतीघर’ मा अभिनय गर्ने चर्चा थियो । त्यो प्रोजेक्टबाट बाहिरिएपछि उनी ‘कुस्ती’ मा सहभागी भएकी थिइन् । दिकिलाले अभिनय गरेको एकदेव लिम्बुको गीत ‘झिमझिमाउने आँखा’ यसवर्षको ग्लोबल हिट गीत हो ।

प्रतिक्रिया 4