+
+
Shares

नेपाली फिल्म अभिनेत्री, मोडल दिकिलाले ‘मिस इन्डिया २०२६’ मा प्रतिस्पर्धा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १३:२१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पासाङ डेकी शेर्पा (दिकिला शेर्पा) यसवर्षको ६१औँ फेमिना मिस इन्डिया २०२६ मा सिक्किमको प्रतिनिधित्व गर्ने भएकी छन्।
  • फेमिना मिस इन्डिया प्रतियोगिता आगामी अप्रिल १८ मा भारतको ओडिशा राज्यको भुवनेश्वरमा आयोजना हुँदैछ।
  • दिकिलालाई सिक्किम ग्ल्यामर वल्र्डले तयारीका लागि मार्गदर्शन गरिरहेको छ र उनी फिल्म 'कुस्ती' बाट नेपाली फिल्ममा डेब्यू गरेकी छिन्।

काठमाडौं । पासाङ डेकी शेर्पा (दिकिला शेर्पा) ले यसवर्षको ‘मिस इन्डिया’ प्रतिस्पर्धामा पूर्वोत्तर भारतीय राज्य सिक्किमको प्रतिनिधित्व गर्ने भएकी छन् ।

यस वर्षको ६१औँ ‘फेमिना मिस इन्डिया २०२६’ प्रतियोगिता आगामी अप्रिल १८ मा भारतको ओडिशा राज्यको भुवनेश्वरमा आयोजना हुँदैछ ।

मिस इन्डिया अर्गनाइजेसनले इन्स्टाग्राममार्फत प्रतियोगितामा सहभागी हुन विभिन्न राज्यका सुन्दरीको सूची सार्वजनिक गरेको छ । जसअनुसार, दिकिलाले सिक्किमबाट प्रतिनिधित्व गर्ने भएकी हुन् ।

दिकिलालाई प्रतियोगिताको तयारीका लागि ‘सिक्किम ग्ल्यामर वल्र्ड’ ले मार्गदर्शन र प्रशिक्षण दिइरहेको छ । खास नाम पासाङ डेकी शेर्पा भएपनि उनी दिकिलाको नामले परिचित छिन् ।

उनले सन् २०२१ मा ‘मिस टिन फेसन आइकन’ उपाधि जितेकी थिइन्, जसले उनको सौन्दर्य प्रतियोगिताप्रतिको लगाव र सम्भावनालाई प्रारम्भमै देखाएको थियो ।

उनी भारतको चर्चित टिभी रियालिटी शो ‘स्पिल्टसभिल्ला’ बाट निकै चर्चामा आएकी हुन् । यसवर्ष उनले फिल्म ‘कुस्ती’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी छिन् । बुद्धि तामाङले निर्देशन गरेको यो फिल्म प्रदर्शन तयारीमा छ ।

त्यसअघि उनले रोहित अधिकारीको फिल्म ‘माइतीघर’ मा अभिनय गर्ने चर्चा थियो । त्यो प्रोजेक्टबाट बाहिरिएपछि उनी ‘कुस्ती’ मा सहभागी भएकी थिइन् । दिकिलाले अभिनय गरेको एकदेव लिम्बुको गीत ‘झिमझिमाउने आँखा’ यसवर्षको ग्लोबल हिट गीत हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?