+
+
Shares

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार २०८२’ को लागि आवेदन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १३:३७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले २०८२ सालको राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारका लागि आवेदन आह्वान गरेको छ।
  • राष्ट्रिय चलचित्र पुरस्कारतर्फ २०८२ वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रले आवेदन दिन सक्नेछन्।
  • आवेदन फाराम बोर्डको कार्यालय वा वेबसाइटबाट प्राप्त गरी आवश्यक कागजातसहित इमेल वा आफैं उपस्थित भई पेश गर्न सकिनेछ।

काठमाडौं । चलचित्र विकास बोर्डले २०८२ सालको राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारमा सहभागिताका लागि आवेदन आह्वान गरेको छ । बोर्डले सूचना जारी गर्दै विभिन्न विधामा प्रदान गरिने पुरस्कारका लागि स्वदेशी फिल्मलाई सहभागी हुन भनेको हो ।

राष्ट्रिय चलचित्र पुरस्कारतर्फ २०८२ वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रले आवेदन दिन सक्नेछन् । विशेष चलचित्र पुरस्कारका लागि सोही अवधिभित्र चलचित्र जाँच समितिबाट जाँच भएकाले मात्र सहभागिता जनाउन पाउनेछन् ।

आदिवासी, जनजाति तथा मातृभाषी चलचित्र पनि सोही अवधिभित्र जाँच भएका भए राष्ट्रिय वा विशेष चलचित्र पुरस्कारमा सहभागी हुन सक्नेछन् ।

तर, यस्ता चलचित्रले विधागत रूपमा राष्ट्रिय चलचित्र पुरस्कार वा आदिवासी, जनजाति तथा मातृभाषी राष्ट्रिय चलचित्र पुरस्कारमध्ये कुनै एकमा मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ । विधागत रूपमा सहभागी हुन सार्वजनिक प्रदर्शन भएको हुनुपर्नेछ ।

आवेदन दिन चाहने निर्माताले नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित आफैं वा अधिकृत व्यक्तिमार्फत उपस्थित भई वा इमेलमार्फत आवेदन दिन सक्नेछन् । बोर्डले उपलब्ध गराएको आवेदन फाराम पूर्ण रूपमा भरी आवश्यक कागजातसहित पेश गर्नुपर्नेछ ।

चलचित्र अवलोकनका लागि बोर्डले तोकेको ढाँचामा चलचित्र उपलब्ध गराउनुपर्नेछ भने आवेदन दिइने चलचित्र कथानक हुनुपर्ने उल्लेख गरिएको छ । विशेष चलचित्रतर्फ संक्षिप्त कथासार समेत पेश गर्नुपर्नेछ ।

बोर्डका अनुसार आवेदन फाराममा उल्लेख गरिएको विवरण र चलचित्रमा प्रयोग भएका नामहरूबीच मेल हुनुपर्नेछ । साथै, सहभागिता सम्बन्धी अन्य शर्तहरू फाराममै उल्लेख गरिएअनुसार लागू हुनेछन् र सहभागितासम्बन्धी अन्तिम अधिकार बोर्डमै निहित रहनेछ ।

आवेदन फाराम बोर्डको कार्यालय वा आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ । आवश्यक कागजातसहित फाराम बोर्डको इमेल ठेगानामा पठाउन सकिने व्यवस्था गरिएको छ । साथै, विस्तृत जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?