News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३९ वर्षीय थाई नागरिक योङग्युत थुइनलाई साढे तीन किलो गाँजासहित सोमबार राति पक्राउ गरिएको छ।
- उनले थाई एअरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए र सुटकेशभित्रबाट तीन किलो ४३५ ग्राम गाँजा बरामद भएको छ।
- पक्राउ परेका उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता ढुण्डिराज नेउपानेले बताए।
९ चैत, काठमाडौं । साढे तीन किलो गाँजासहित एक थाई नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३९ वर्षीय योङग्युत थुइन छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । सोमबार राति सवा १२ बजेतिर थाई एअरलाइन्सको उडानमार्फत उनी बैंककबाट काठमाडौं आएका थिए ।
उनले ल्याएको सुटकेशभित्रबाट तीन किलो ४३५ ग्राम गाँजा बरामद भएको विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता ढुण्डिराज नेउपानेले बताए । पक्राउ परेका उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4