+
+
Shares

ट्रम्पको दाबी इरानले अस्वीकार गरेपछि फेरि बढ्यो कच्चा तेलको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते ११:११

१० चैत, काठमाडौं । इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार भारी गिरावट भएको ब्रेन्ट क्रुडको मूल्य मंगलबार फेरि प्रतिब्यारल एक सय अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

मंगलबार बिहान एशियामा ब्रेन्ट क्रुड ३.७५ प्रतिशतले वृद्धि भएको छ । अहिले यसको मूल्य १०३.६९ अमेरिकी डलर पुगेको बीबीसीले जनाएको छ । यसअघि सोमबार ब्रेन्टको मूल्यमा १० प्रतिशतभन्दा बढी गिरावट आएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा केही दिन हमला नगर्ने घोषणा गरेपछि मूल्य घटेको थियो । ट्रम्पले इरानसँग चाँडै कुनै शान्ति सम्झौता हुन सक्ने पनि बताएका थिए । तर, ट्रम्पको दाबी इरानले अस्वीकार गरेको थियो । त्यसपछि तेलको मूल्यमा फेरि बढोत्तरी देखिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?