+
+
Shares

पूर्वाञ्चल क्याफेकाे आगलागी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएको छ।
  • आगलागी सुरक्षाकर्मी, स्थानीयवासी र छिमेकी पालिकाका दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
  • इटहरी उपमहानगरपालिकाका दुई दमकल जेनजी आन्दोलनका क्रममा जलेका कारण प्रयोगमा छैनन्।

११ चैत, विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

धरान रोडमा रहेको क्याफेको भान्साबाट बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । उनका अनुसार आगलागीकाे कारण र क्षतिकाे विवरण संकलन भइरहेकाे छ ।

क्याफेकाे भान्साबाट सुरु भएकाे आगलागी सुरक्षाकर्मी, स्थानीयवासी तथा छिमेकी पालिकाबाट आएका दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

आगो नियन्त्रणका लागि धरान, इनरुवा र रामधुनी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । इटहरी उपमहानगरपालिकाकाे दुई वटा दमकल जेनजी आन्दोलनका क्रममा जलेका कारण प्रयाेगमा छैन ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?