News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संसदको सपथ ग्रहणअघि पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन्।
- राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आगामी दिनमा संसद्मार्फत हिन्दू राष्ट्र पुनर्स्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने स्पष्ट पारे।
११ चैत. काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसदको सपथ ग्रहणअघि पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन्।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही सहित सांसदहरू खुशबु ओली, भरत गिरी र सरस्वती लामाले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन्।
दर्शनपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै नेता शाहीले आफूहरू कुनै पनि गलत काम नगर्ने अठोटका साथ भगवान् पशुपतिनाथसँग प्रार्थना गर्न आएको बताए।
‘हामीले जानेर वा नजानेर कुनै गलत काम नगरौं भन्ने कामनाका साथ यहाँ आएका हौं,’ उनले भने।
उनले आगामी दिनमा संसद्मार्फत हिन्दू राष्ट्र पुनर्स्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने पनि स्पष्ट पारे। ‘यही संसद्बाट हिन्दू राष्ट्र स्थापना गर्ने हाम्रो अठोट छ,’ शाहीले भने।
राप्रपा लामो समयदेखि नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै आएको छ। सोही एजेन्डालाई अघि बढाउँदै सांसदहरू संसद् प्रवेशअघि धार्मिक आस्थासँग जोडिएको स्थलमा पुगेर आशीर्वाद लिएका हुन्।
संसद्को सपथअघि गरिएको उक्त धार्मिक भ्रमणलाई राप्रपाले आफ्नो राजनीतिक प्रतिबद्धतासँग जोडेर हेरेको छ।
प्रतिक्रिया 4