+
+
Shares

श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले संघीय संसद्का प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्।
  • संघीय संसद्का ऐन २०७३ अनुसार १० जना भन्दा कम सदस्य भएको दलले प्रमुख सचेतकको सुविधा पाउँदैन।
  • श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन्, जसले सुविधा नपाउने कारण बनेको छ।

८ चैत, काठमाडौं । ६ वटा राष्ट्रिय पार्टीमध्ये दुई वटा पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टी रहेको छ ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार १० जना सदस्य रहेको दलले प्रमुख सचेतकको सुविधा पाउँछन् ।

यसको परिभाषा खण्डमा भनिएको छ, ‘दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधिसभामा दशजना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनुपर्छ ।’

२१ फागुनको निर्वाचनबाट आएका ६ वटा दलमध्ये श्रम संस्कृति पार्टी र राप्रपाको सांसद संख्या १० भन्दा कम छ । श्रम संस्कृति पार्टीका ७ जना र राप्रपाका ५ जना रहेका छन् ।

यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १८२, कांग्रेसका ३८, एमालेका २५ र नेकपाली कम्युनिस्ट पार्टीका १७ जना सांसद रहेका छन् ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको अनुसूची २ अनुसार दलको प्रमुख सचेतकले सवारी सुविधान र प्रथम स्तरको दुई जना सवारीचालक प्राप्त गर्दछन् ।

दलको प्रमुख सचेतकका लागि छुर्ट्ट कार्यालयको सुविधा हुन्छ । जसको लागि कार्यालय सहयोगी एक जना प्राप्त गर्दछन् । एउटा साइकल पनि पाउँछन् । अतिथि सत्कार खर्च बापत्त मासिक १५ हजार प्राप्त हुन्छ ।

दलको प्रमुख सचेतकले एक जना रा.प्र.द्धि स्वकीय सचिव प्राप्त गर्ने व्यवस्था भने हाल निष्कृय छ ।

राष्ट्रिय मान्यता प्राप्त गर्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जितेको र समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्छ । यस्तो थ्रेसहोल्ड पार गरे पनि प्रमुख सचेतकको सुविधा पाउने १० जना भन्दा बढी सांसद भएको दल हुनुपर्ने व्यवस्था छ ।

यस्तो व्यवस्थाको विरोध साना दलहरूले गर्दै आएका छन् । श्रम संस्कृति पार्टीका महासचिव आरेन राई राष्ट्रिय दलको मान्यता पाइसकेपछि कति सांसद भनेर हेर्ने विषय उचित नरहेको बताउँछन् ।

‘मैले विभेद कहाँ देखेँ भने । राष्ट्रिय पार्टी बनिसकेपछि पाउने सेवा सुविधामा फरक हुन हुँदैन । प्रमुख सचेतक र सचेतकको सुविधा पाउने व्यवस्था फरक–फरक रहेछ’, उनी भन्छन्, ‘१० जना भन्दा कम सांसद भए एउटा बढी भए अर्को सुविधा भन्ने रहेछ । राष्ट्रिय दल बनिसकेपछि सेवा सुविधान विभेद हुन भएन ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?