News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहणपछि मन्त्रालयबाट आफैंले गाडी चलाएर निस्किएका छन्।
- गृहमन्त्री गुरुङले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका छन्।
- उनले 'कम बोल्ने मान्छे हुँ । एक्सनमा जान्छु । जेनजीको माग अनुसार हामी आएको हो । सुशासनविरुद्धका कुनै काम हुन सक्दैन' भनेका छन्।
१३ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहणपछि मन्त्रालयबाट बाहिरिएका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएसँगै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।
उनी पदभार ग्रहण कार्यक्रम सकेर केहीबेर अघिमात्रै मन्त्रालयबाट निस्किएका छन् । उनी गाडी चलाएरै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका हुन् ।
उनी मन्त्रालयबाट निस्कंदा आफैंले गाडी चलाएर निस्किए । उनले आफ्नै व्यक्तिगत गाडी लिएर मन्त्रालयबाट निस्किएका हुन् ।
गृहमन्त्री गुरुङले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका छन् ।
सो क्रममा उनले भीआईपी लावालस्कर लगाएर जनतालाई दु:ख दिने काम गर्न नहुने बताए ।
‘कम बोल्ने मान्छे हुँ । एक्सनमा जान्छु । जेनजीको माग अनुसार हामी आएको हो । सुशासनविरुद्धका कुनै काम हुन सक्दैन,’ पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले भने ।
सर्भिस डेलिभरीका विषयमा गुनासा आउन नदिन उनले कर्मचारीहरूलाई आग्रह गरे ।
प्रतिक्रिया 4