News Summary
Generated by OK AI. Editorially reviewed.- बेल्जियममा जारी पहिलो संस्करणको इयू टी-२० लिगमा तीन नेपाली खेलाडी सम्मिलित जेबी ब्रुग्स टोली आफ्नो पहिलो खेलमा पराजित भएको छ ।
- वर्षाका कारण प्रभावित खेलमा डीएलएस पद्धतिका आधारमा जेबी ब्रुग्स टोली जेबी एक्सल युनाइटेड ब्रसेल्ससँग २७ रनले पराजित भएको हो ।
- जेबी ब्रुग्सबाट खेलेका नेपाली खेलाडीहरू गुल्शन झाले २१ र इशान पान्डेले १ रन बनाउँदा ललित राजवंशी विकेटविहीन रहे ।
२३ जेठ, काठमाडौं । बेल्जियममा जारी पहिलो संस्करणको इयू टी-२० लिग बेल्जियममा तीन नेपाली खेलाडी सम्मिलित टोली जेबी ब्रुग्स आफ्नो पहिलो खेलमा पराजित भएको छ ।
शनिबार वर्षाले प्रभावित खेलमा जेबी एक्सल युनाइटेड ब्रसेल्ससँग डीएलएस पद्धतिका आधारमा २७ रनले पराजित भएको हो । जेबीमा इशान पान्डे, गुल्शन झा र ललित राजवंशीले खेलेका थिए ।
जेबीले दिएको १६० रनको लक्ष्य पछ्याइरहेको ब्रसेल्सले १२.५ ओभरमा ४ विकेट गुमाएर १२४ रन बनाएको अवस्थामा वर्षा भएको थियो । त्यसपछि खेल सुरु हुन सकेन र डीएलएसमा ब्रसेल्स २७ रनले अगाडि रहेको थियो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जेबीले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । लाहिरु मिलान्थाले सर्वाधिक ५१ रन बनाए । निखिल चौधरीले ४७ रन बनाए ।
नेपाली खेलाडीहरूमा गुल्शनले २१ रन बनाउँदा इशानले १ रन मात्र बनाए । ललित २.५ ओभरमा ३९ रन खर्चिएर विकेटविहीन रहे ।
जेबी ब्रुग्स एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्स आबद्ध रहेको ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको छ ।
टोलीमा दीपेन्द्रसिंह ऐरी र अनिल साह पनि अनुबन्धित छन् । तर दीपेन्द्र राष्ट्रिय टोलीका लागि खेलिरहेकाले यता गएका छैनन् ।
अनिल पनि नेपाल ए को टोलीसँग जोडिएकाले गएका थिएनन् । यद्यपी नेपाल ए बाटै भारतको उत्तराखण्डमा खेल्न गएका ललित भने बेल्जियम पुगेर खेले ।
प्रतिक्रिया 4