+
+
Shares

बाग्लुङका हावाहुरी पीडितलाई २० लाख बराबरको राहत

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १७:२३

११ असार, गुल्मी । गत ११ जेठमा आएको भीषण हावाहुरीबाट प्रभावित बाग्लुङको बडीगाड गाउँपालिकाका पीडितलाई २० लाख मूल्य बराबरको राहत सामग्री वितरण गरिएको छ ।

लायन्स क्लब अफ बागलुङले २१५ पीडित परिवारलाई राहत उपलब्ध गराएको हो । अन्य पीडितलाई पनि १४ असारमा राहत वितरण गरिने क्लबले जनाएको छ।

हावाहुरी प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, जस्तापाता लगायतका अत्यावश्यक सामग्री वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?