१९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य कुशल भुर्तेल आईसीसी टी-२० क्रिकेटको ब्याटिङतर्फको वरियतामा ५१ औं स्थानमा कायम छन् ।
आईसीसीले अपडेट गरेको पछिल्लो वरीयता अनुसार कुशल ५१ यसअघिजस्तै ५१ औं स्थानमा छन् । यस्तै नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा झरेका छन् ।
बलिङतर्फ भने शीर्ष सयमा रहेका नेपालका कप्तान सन्दीप लामिछाने ८४ औं स्थानमा छन् । गत वर्ष भएको ट्राई सिरिज टी-२० मा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल वरियतामा समावेश भएका थिए ।
प्रतिक्रिया 4