+
+
Shares

गणतन्त्रमा ‘नेपोबेबी’ भएपछि जनता रिसाएकै हुन् : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनता सडकमा आउनुको पछाडि सरकार र पार्टीमा रहेकाको कामकारबाही भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १८:३८

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनता सडकमा आउनुको पछाडि सरकार र पार्टीमा रहेकाको कामकारबाही भएको बताएका छन् ।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारमा भएकाहरूले, सदनमा भएकाहरूले जन गुनासो सम्बोधन गर्न नसक्दा भदौ २३ र २४ घटना हुन पुगेको बताएका हुन् ।

जेनजी आन्दोलनबारे उनले भने, ‘ राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपो-बेबीहरूको राज देखेर उनीहरू रिसाएका हुन्। र, आम नागरिकको त्यो रिस जेनजी आन्दोलन क्रममा सडकमा पोखिएको हो । त्यो आन्दोलनमा जनताले सरकारसँग रिस पोखेका थिए। त्यो सरकारमा को थियो? हामी थियौं। उनीहरू संसदसँग रिसाएका थिए। त्यो संसदमा को थिए? हामी थियौं। उनीहरू हामीसँग व्यक्तिगत रूपमा रिसाएका होइनन्, यहाँको भ्रष्टाचार र कुशासन देखेर रिसाएका हुन्।’

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?