News Summary
Generated by OK AI. Editorially reviewed.- नेता डा. शेकर कोइरालाले भृकुटीमण्डप नजाने आफ्नो निर्णय आफूनिकट नेताहरूसँगको छलफलमा बताएका छन्।
- उनले नेतृत्व चयन लगायतका विषय लिखित रुपमा पाउनुपर्ने र त्यसपछि मात्र भृकुटीमण्डप जाने बताए।
- कोइरालाले पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि लैजानुपर्ने र सभापति देउवाले भृकुटीमण्डप नजाने राय राखेको बताए।
२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेकर कोइरालाले अहिलेकै अवस्थामा आफू भृकुटीमण्डप नजाने बताएका छन् । आफूनिकट नेताहरूसँगको छलफलमा उनले केही नेताहरूले भृकुटीमण्डप जान सुझाव दिए पनि आफू अहिलेकै अवस्थामा नजाने बताएका हुन् ।
‘तपाईं कतिजनाले भृकुटीमण्डपमा जानुपर्छ भन्नुभयो । म जानेवाला छैन । यसरी जानुहुँदैन । मैले यो कुरा सभापतिलाई भनेको छु, कार्यवाहक सभापतिलाई पनि भनेको छु,। गगन-विश्वलाई पनि भनेको छु र गुरु घिमिरेलाई भनेको छु,’ उनले भने, ‘नेतृत्वचयनदेखि केके कुरा हो लिखित रुपमा मैले पाउनुपर्यो । बल्लमात्रै म आउँछु ।’
उनले आफूमात्रै गएर पनि केही नहुने भन्दै पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि लैजाने वातावरण गगन-विश्वले बनाउनुपर्ने बताए ।
त्यस्तै उनले सभापति शेरबहादुर देउवा भने भृकुटीमण्डप जान नहुने आफ्नो राय रहेको बताए ।
‘सभापतिजी त्यहाँ जानुहुँदैन भन्ने मेरो रिडिङ हो । पूर्णजीलाई लिएर जानुपर्छ,’ उनले भने, ‘म एग्रेसिभ लागिरहेको छु । तपाईंहरूलाई सुतिरहेको छ भन्ने लागेको होला म लागिरहेको छु । सबैसँग समन्वय गरिरहेको छु ।’
प्रतिक्रिया 4