News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरी मनोनयन आह्वान गरेको छ।
- निर्वाचन समितिका संयोजक सीताराम केसीले मनोनयन आह्वान गर्ने सूचना जारी गर्नुभएको छ।
- कांग्रेसमा महाधिवेशन प्रतिनिधिको संख्या ४७४३ रहेको र समितिले मतदाताको नामावली पनि सार्वजनिक गरेको छ।
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान गरेको छ ।
आज केहीबेरअघि निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सूचना जारी गरी मनोनयनको आह्वान गरेका हुन् ।
त्यस्तै समितिले मतदाताको नामावली पनि सार्वजनिक गरेको छ । कांग्रेसमा महाधिवेशन प्रतिनिधिको संख्या ४७४३ हो । यीमध्ये पार्टी परित्याग गर्ने ६१ जना र मृत्यु भएका महाधिवेशन प्रतिनिधिको संख्या ४४ छ । समितिका अनुसार अहिले जम्मा महाधिवेशन प्रतिनिधिको संख्या ४६३८ रहेको छ ।
विशेष महाधिवेशन मूल आयोजनक समितिका संयोजक मनोजमणि आचार्य अहिले एक साथ तीनवटा काम भइरहेको बताए । ‘बन्दसत्र जारी छ, वार्ता संवाद भइरहेको छ। निर्वाचन कार्यतालिका प्रकाशित गरेर निर्वाचनको काम अघि बढेको छ,’ उनले भने, ‘संवाद सकारात्मक भए ठिक छ, नभए नयाँ कार्यसमिति बन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रिया 4