+
+
Shares

पार्टी फुटेको छैन : गगनकुमार थापा

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको कारबाहीमा परेका गगनकुमार थापाले पार्टी नै विशेष महाधिवेशन पक्षधरहरू रहेको ठाउँ रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको देउवा पक्षले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ।
  • गगनकुमार थापाले विशेष महाधिवेशनको हललाई सम्बोधन गर्दै भने, 'पार्टी फुटेको छैन । यही हो पार्टी ।'
  • देउवा समूहको केन्द्रीय समितिको बैठकले विशेष महाधिवेशनको निर्णयलाई पार्टीको आधार मानेर अघि बढ्ने निर्णय गरेको छ।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको कारबाहीमा परेका गगनकुमार थापाले पार्टी नै विशेष महाधिवेशन पक्षधरहरू रहेको ठाउँ रहेको बताएका छन् ।

विशेष महाधिवेशनको हललाई सम्बोधन गर्दै थापाले पार्टी नै यही भएको बताएका हुन् ।

आजै बसेको देउवा समूहको संस्थापनको केन्द्रीय समितिको बैठकले थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई ५ वर्ष पार्टीबाट निष्काशन गरेको छ । लगत्तै उनले विशेष महाधिवेशनको हललाई भने,’पार्टी फुटेको छैन । यही हो पार्टी । यो अधिवेशनको क्रममा छ । यसले जे निर्णय गर्छ त्यही आधारमा पार्टी अघि बढाउँछ ।’

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?