News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी छ र गगन थापा सभापति निर्वाचित हुँदैछन्।
- शेरबहादुर देउवा पक्षको बैठकले महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई कारबाही गरेको छ।
- महाधिवेशनमा बन्दसत्र हलमा देउवालगायत विरुद्ध नाराबाजी भइरहेका बेला गगन थापा र विश्वप्रकाश शर्माको पक्षमा नाचगान भइरहेको छ।
३० पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नाचगान चलिरहेको छ । केन्द्रीय कार्यालयमा बसेको शेरबहादुर देउवा पक्षको बैठकले महामन्त्रीद्वय गनगकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई कारबाही गरेको थियो । यता भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा भने निर्वाचन प्रक्रिया जारी छ । यहाँ गगन थापा सभापति निर्वाचित हुँदैछन् ।
अहिले बन्दसत्र हलमा पार्टीका शीर्ष नेताहरू शेरबहादुर देउवालगायत विरुद्ध नाराबाजी लगाइरहेका छन् भने गगन थापा, विश्वप्रकाश शर्मासहितको नाममा जिन्दावाद भन्दै नाचगान गरिरहेका छन् । कांग्रेसको नाममा बनेको गीत बजाइएको छ भने महाधिवेशन प्रतिनिधिहरू नाचिरहेका छन् ।








कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4