+

काभा महिला भलिबल च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

२०८३ जेठ  १० गते १८:१२ २०८३ जेठ १० गते १८:१२
काभा महिला भलिबल च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको अन्तिम खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • लगातार दोस्रो जितसँगै नेपाल तीन खेलबाट ७ अंक जोडेर समूह 'ए' को शीर्ष स्थानमा पुगेको छ ।
  • समूह 'बी' बाट लगातार दुई खेल जित्दै कजाखस्तान र इरान पनि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

१० जेठ, काठमाडौं । नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा आइतबार माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान बनाएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा नेपालल माल्दिभ्सलाई २५-१२, २५-९, २५-२० ले पराजित गरेको हो ।

लगातार दोस्रो जितपछि नेपाल तीन खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । भारत २ खेलबाट ५ अंकसहित दोस्रो र किर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा छ ।

सोमबार हुने भारत र किर्गिस्तानबीचको खेलपछि यस समूहबाट सेमिफाईनल पुग्नै दोस्रो टोलीको टुङ्गो लाग्नेछ । माल्दिभ्स समूहको तीनवटै खेलमा पराजित हुँदै बाहिरिएको छ ।

यसअघि नेपाल पहिलो खेलमा भारतसँग ३-२ सेटमा पराजित भएपनि दोस्रो खेलमा किर्गिस्तानलाई ३-० ले पराजित गर्दै पहिलो जित हात पारेको थियो ।

यसै खेलबाट नेपालकी एलिशा मानन्धरले पनि डेब्यु गरिन् । उनी दोस्रो सेटमा सब्सिच्युट खेलाडीको रुपमा कोर्ट प्रवेश गरेकी थिइन् ।

माल्दिभ्स विरुद्ध निरुताले पहिलो सेट देखि नै खृल्दै राम्रो प्रदर्शन गरिन् । यस्तै नेपालले तेस्रो सेटमा बेन्चका खेलाडीहरुलाई पनि अवसर दिएको थियो ।

कजाखस्तान र इरान सेमिफाइनलमा

यस्तै समूह बी बाट कजाखस्तान र इरान लगातार दुई खेल जित्दै आइतबारै सेमिफाइनल प्रवेश गरेका छन् ।

कजाखस्तानले बंगलादेशलाई ३-० सेटमा हराउँदा इरानले श्रीलंकालाई पनि ३-० कै सेटमा हरायो । श्रीलंका र बंगलादेश भने दुई हारिछि समूह चरणबाटै बाहिरिएका छन् ।

अब सोमबार हुने कजाखस्तान र इरानबीचको खेलबाट समूह विजेता र उपविजेताको टुङ्गगो लाग्नेछ । सोमबार समूह चरणको अन्तिम तीन खृलपछि सेमिफाईनल समिकरण टुङ्गो लाग्नेछ ।

काभा महिला भलिबल च्याम्पियनसिप नेपाली महिला भलिबल टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय