+

फिफा विश्वकप : लामिन यमालले पाएनन् १० नम्बर जर्सी, १९ नम्बरकै लगाउने

२०८३ जेठ  १९ गते १७:३७ २०८३ जेठ १९ गते १७:३७
फिफा विश्वकप : लामिन यमालले पाएनन् १० नम्बर जर्सी, १९ नम्बरकै लगाउने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ का लागि स्पेनिस टोलीको जर्सी नम्बर सार्वजनिक हुँदा लामिन यमालले १९ र डानी ओल्मोले १० नम्बर जर्सी पाएका छन् ।
  • करिब एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका गाभीले आफ्नो पुरानो ९ नम्बरको जर्सी पुनः प्राप्त गरेका छन् ।
  • विश्वकपको समूह ‘एच’ मा रहेको स्पेनले १५ जुनमा केप भर्डेविरुद्ध खेल्दै आफ्नो खेल यात्रा शुरू गर्नेछ ।

१९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ का लागि स्पेनिस खेलाडीहरूको जर्सी नम्बर सार्वजनिक भएको छ । धेरै समर्थकको अपेक्षाविपरीत युवा स्टार लामिन यमालले १० नम्बर जर्सी पाएका छैनन् ।

बार्सिलोनाबाट यस सिजनदेखि १० नम्बर जर्सी लगाउन थालेका यमालले स्पेनको राष्ट्रिय टोलीमा भने आफ्नो परिचित १९ नम्बर जर्सी नै लगाउनेछन् । उनले दुई वर्षअघि स्पेनलाई युरोपियन च्याम्पियन बनाउन योगदान दिँदा पनि यही नम्बरको जर्सी लगाएका थिए ।

स्पेनको प्रतिष्ठित १० नम्बर जर्सी भने डानी ओल्मोले लगाउनेछन् । टोली घोषणा भएपछि सामाजिक सञ्जालमार्फत ओल्मोले यसबारे संकेत समेत गरेका थिए ।

यता गाभीले ९ नम्बर जर्सी पाएका छन् । करिब एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका गाभीले आफ्नो पुरानो जर्सी नम्बर पुनः प्राप्त गरेका हुन् ।

स्पेन समूह ‘एच’ मा छ । स्पेनले जुन १५ मा केप भर्डेविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि उसले साउदी अरेबिया र उरुग्वेसँग खेल्नेछ ।

सन् २०१० मा पहिलोपटक विश्वकपको उपाधि जितेको स्पेनले दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्य राखेको छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६ लामिन यमाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय