+

एसीसी महिला प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको लक्ष्य

२०८३ जेठ  २० गते ८:२८ २०८३ जेठ २० गते ८:२८
एसीसी महिला प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियामा शुरू भएको एसीसी महिला प्रिमियर कपको पहिलो खेलमा कतारले नेपालसामु ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले १६.५ ओभरमा सबै विकेट गुमाएर ७६ रन मात्र बनायो ।
  • नेपालका तर्फबाट घातक बलिङ गर्दै रुबिना क्षेत्रीले तीन विकेट लिइन् भने कतारका चार खेलाडी रनआउट भए ।

२० जेठ, काठमाडौं । मलेसियामा भइरहेको एसीसी महिला प्रिमियर कपको पहिलो खेलमा कतारले नेपाललाई ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले १६.५ ओभरमा अलआउट हुँदै ७६ रन बनायो ।

कतारका लागि ओपनर गेटरुडे चन्दिरुले सर्वाधिक २५ रन बनाइन् । कप्तान आइशाले १० रन बनाइन् ।

नेपालका लागि रुबिना क्षेत्रीले ३ विकेट लिइन् । कविता कुँवर, पूजा महतो र रिया शर्माले १-१ विकेट लिए ।

कतारका ४ ब्याटर रनआउट भएका थिए ।

एसीसी महिला प्रिमियर कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय