+

एसीसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुवात

२०८३ जेठ  २० गते ९:४३ २०८३ जेठ २० गते ९:४३
एसीसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियामा भइरहेको एसीसी महिला प्रिमियर कपमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
  • कतारले दिएको ७७ रनको लक्ष्य नेपालले १०.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।
  • नेपालका लागि बलिङतर्फ रुबिना क्षेत्रीले ३ विकेट लिइन् भने ब्याटिङतर्फ ओपनर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् ।

२० जेठ, काठमाडौं । मलेसियामा भइरहेको एसीसी महिला प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो ।

कतारले दिएको ७७ रनको लक्ष्य नेपालले १०.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् । पूजा महतोले अविजित २८ रन बनाइन् । कप्तान इन्दु बर्मा ६ रनमा अविजित रहिन् ।

कतारका लागि शाहरीनवाब खान र खादिजा अमदले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले १६.५ ओभरमा अलआउट हुँदै ७६ रन बनाएको थियो । कतारका लागि ओपनर गेटरुडे चन्दिरुले सर्वाधिक २५ रन बनाइन् । कप्तान आइशाले १० रन बनाइन् ।

नेपालका लागि रुबिना क्षेत्रीले ३ विकेट लिइन् । कविता कुँवर, पूजा महतो र रिया शर्माले १-१ विकेट लिए । कतारका ४ ब्याटर रनआउट भएका थिए ।

नेपालले अब बिहीबार दोस्रो खेलमा भुटानसँग खेल्नेछ ।

एसीसी महिला प्रिमियर कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय