+

फिफा विश्वकप २०२६ : मेक्सिकोमा हुने उद्घाटन समारोहमा शाकिरा र बर्ना ब्वायको प्रस्तुति

२०८३ जेठ  २२ गते २०:३५ २०८३ जेठ २२ गते २०:३५
फिफा विश्वकप २०२६ : मेक्सिकोमा हुने उद्घाटन समारोहमा शाकिरा र बर्ना ब्वायको प्रस्तुति

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२६ को फिफा विश्वकपको मेक्सिकोमा हुने उद्घाटन समारोहमा संगीतकर्मी शाकिरा र बर्ना ब्वायले आधिकारिक गीत प्रस्तुत गर्ने भएका छन् ।
  • फिफाले तीनवटै आयोजक राष्ट्रहरू मेक्सिको, क्यानडा र अमेरिकामा विभिन्न कलाकारहरूको प्रस्तुतिसहित छुट्टाछुट्टै उद्घाटन समारोह आयोजना गर्दै छ ।
  • विश्वकप फाइनलको हाफटाइम शोमा शाकिरा, माडोना र बीटीएसले प्रस्तुति दिने तय भएको छ ।

२२ जेठ, काठमाडौं । सन् २०२६ को फिफा विश्वकपको उद्घाटन समारोहमा विश्वप्रसिद्ध संगीतकर्मीहरूको प्रस्तुति रहने भएको छ । सह-आयोजक मेक्सिकोको पहिलो खेलअघि शाकिरा र बर्ना ब्वायले विशेष प्रस्तुती दिनेछन् ।

मेक्सिको सिटीमा हुने उद्घाटन समारोहमा उनीहरूले प्रतियोगिताको आधिकारिक गीत ‘डाइ डाइ’ प्रस्तुत गर्नेछन् । उक्त समारोह विश्वकपको उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलअघि आयोजना हुनेछ ।

फिफाले तीनै आयोजक राष्ट्रमा छुट्टाछुट्टै उद्घाटन समारोह गर्ने योजना बनाएको छ । मेक्सिकोको कार्यक्रममा शाकिरा र बर्नासँगै अलेजान्द्रो फर्नान्डेज, बेलिन्दा, डानी ओसियन, जे बाल्भिन, लिला डाउन्स, लस एन्जलस अजुल्स, माना र टायला पनि सहभागी हुनेछन् ।

क्यानडाको उद्घाटन समारोह जुन १२ मा टोरोन्टोमा हुनेछ, जहाँ अलान्सिस मोरिसेट र माइकल बबल मुख्य आकर्षण रहनेछन् । समारोहपछि आयोजक क्यानडाले बोस्निया एन्ड हर्जगोभिना विरुद्ध खेल्नेछ ।

त्यसै दिन अमेरिकाको लस एन्जलसमा हुने समारोहमा केटी पेरी, लिसा, रेमा, अनिता र फ्युचरले प्रस्तुति दिनेछन् । त्यसपछि आयोजक अमेरिकाले पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

यी तीनवटै उद्घाटन समारोह इटालीका प्रसिद्ध निर्माता मार्को बालिचको निर्देशनमा तयार पारिएका हुन् । प्रत्येक समारोह खेल सुरु हुनुभन्दा करिब ९० मिनेटअघि आयोजना गरिनेछ ।

यसैबीच, विश्वकप फाइनलको हाफटाइम शोमा पनि शाकिरासँगै माडोना र बीटीएसले प्रस्तुति दिने तय भएको छ ।

विश्वकपको आधिकारिक गीत ‘डाइ डाइ’ मार्फत फिफाले शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यसहित १० करोड अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको जनाएको छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय