+

एसियन गेम्स छनोट : नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने

२०८३ जेठ  २२ गते १५:४३ २०८३ जेठ २२ गते १५:४३
एसियन गेम्स छनोट : नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
  • हङकङसँगको खेलमा ओमान पराजित भएसँगै समूह 'ए' को विजेता नेपालले सेमिफाइनलमा ओमानलाई प्रतिद्वन्द्वी पाएको हो ।
  • प्रतियोगिताका चारवटै सेमिफाइनलिस्ट टोलीहरू जापानमा आयोजना हुने एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।

२२ जेठ, काठमाडौं । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने भएको छ ।

शुक्रबार समूह ‘बी’ को अन्तिम खेलमा हङकङले ओमानलाई पराजित गरेसँगै हङकङ समूहविजेता र ओमान उपविजेता भएपछि समूह ‘ए’ को विजेता नेपालले ओमानसँग खेल्ने भएको हो ।

नेपालले बिहीबार नै मलेसियालाई हराएर समूह ‘ए’ को विजेता बनिसकेको छ । मलेसियाले सेमिफाइनलमा हङकङसँग खेल्नेछ । चारवटै टोली जापानमा हुने एसियन गेम्समा छनोट भइसकेका छन् ।

शुक्रबार हङकङले ओमानमाथि १५४ रनको जित हासिल गरेको हो । हङकङले दिएको २८८ रनको विशाल लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

हङकङका लागि एहसान खानले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले अंशुमन राथको शतक तथा बाबर हायात र निजाकात खानको अर्धशतक मद्दतमा २० ओभरमा १ विकेट गुमाएर २८७ रन बनाएको थियो ।

अंशुमन ५६ बलमा १६० रन बनाएर नटआउट रहे । निजाकातले ४५ बलमा ७६ रन बनाए । बाबर १९ बलमा ६३ रन बनाएर अविजित रहे ।

एसियन गेम्स क्रिकेट छनोट ओमान क्रिकेट नेपाली क्रिकेट टोली हङकङ क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय