+

फिफा विश्वकप : इरानी टोली खेलकै दिन अमेरिका प्रवेश गरेर सोही दिन बाहिरिनुपर्ने

२०८३ जेठ  २४ गते १२:०४ २०८३ जेठ २४ गते १२:०४
फिफा विश्वकप : इरानी टोली खेलकै दिन अमेरिका प्रवेश गरेर सोही दिन बाहिरिनुपर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ मा सहभागी हुने इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा कडा यात्रा नियम लागू गरिएको छ ।
  • भिसा समस्याका कारण इरानले आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनाबाट सारेर मेक्सिकोको टिजुआनामा राखेको छ ।
  • राजदूत पसन्दिदेहले पत्रकारहरूसँग, "हामी बिहान अमेरिका प्रवेश गर्न सक्छौं र त्यही दिन फर्किनुपर्छ" भन्नुभयो ।

२४ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ मा सहभागी हुने इरानी फुटबल टोलीलाई कडा यात्रा नियम लागू गरिएको छ । इरानका मेक्सिकोस्थित राजदूत अबोलफाज पसन्दिदेका अनुसार टोलीलाई अमेरिकामा हुने खेलका दिन मात्र प्रवेश गर्न र सोही दिन बाहिरिन निर्देशन दिइएको छ ।

शुक्रबार इरानी खेलाडीहरूले अमेरिकी भिसा पाए पनि इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजसहित टोलीसँग सम्बन्धित केही अधिका भिसाबाट वञ्चित भएको बताइएको छ ।

भिसा समस्याका कारण इरानले आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनाबाट सारेर मेक्सिकोको टिजुआनामा राखेको छ । टोलीले विश्वकप अवधिभर त्यहीँबाट तयारी गर्नेछ ।

राजदूत पसन्दिदेहले पत्रकारहरूसँग भने, ‘हामी बिहान अमेरिका प्रवेश गर्न सक्छौं र त्यही दिन फर्किनुपर्छ ।’

यद्यपि, टोलीका प्रवक्ता अमिर महदीले खेलाडीहरूलाई बहुप्रवेश (मल्टिपल इन्ट्री) भिसा दिइएको र टोली खेलअघि एक वा दुई दिन अगावै खेलस्थलमा पुग्ने बताएका छन् । यसले यात्रा व्यवस्थाबारे अन्योल सिर्जना गरेको छ ।

समूह ‘जी’ मा रहेको इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्ड विरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि जुन २१ मा बेल्जियमसँग र जुन २६ मा सियाटलमा इजिप्ट विरुद्ध खेल्दै समूह चरणको अभियान पूरा गर्नेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय