+

कुशल भुर्तेल एसियन गेम्स क्रिकेट छनोटका सर्वोत्कृष्ट खेलाडी घोषित

२०८३ जेठ  २५ गते १७:१८ २०८३ जेठ २५ गते १७:१८
कुशल भुर्तेल एसियन गेम्स क्रिकेट छनोटका सर्वोत्कृष्ट खेलाडी घोषित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीका कुशल भुर्तेल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको 'प्लेयर अफ द सिरिज' घोषित भएका छन् ।
  • भुर्तेलले प्रतियोगिताका ४ खेलमा २ शतक र १ अर्धशतकसहित सर्वाधिक ३४० रन बनाएका छन् ।
  • वर्षाले प्रभावित फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ ।

२५ जेठ, काठमाडौं । नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल एसियन गेम्स पुरुष क्रिकेट छनोटको ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन् ।

भुर्तेलले प्रतियोगितामा शानदार ब्याटिङ गर्दै ४ खेलमा २ शतक र १ अर्धशतकसहित ३४० रन बनाए । उनी प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत हुन् ।

उनले चीनविरुद्धको पहिलो खेलमा ४३ बलमा १२९ रन बनाएका थिए । उक्त खेलमा उनले एकै ओभरमा ६ छक्का समेत प्रहार गरे ।

मलेसियासँगको दोस्रो खेलमा ५४ बलमा १२६ रन बनाए । लगातार दुई शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत बने ।

ओमानविरुद्धको सेमिफाइनलमा २० रन बनाएका थिए । सोमबार भएको हङकङसँगको फाइनलमा उनले ४० बलमा ६५ रन बनाएर जितको आधार तय गरेका थिए ।

वर्षाले प्रभावित खेलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेर उपाधि जित्न सफल भयो ।

एसियन गेम्स क्रिकेट छनोट कुशल भुर्तेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय