+
फिफा विश्वकप २०२६ :

सुपर सब अमद डियालोको गोलमा आइभरीकोस्ट विजयी

२०८३ असार  १ गते ६:४९ २०८३ असार १ गते ६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमद डियालोको निर्णायक गोलको मदतमा आइभरी कोस्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'इ' को खेलमा इक्वेडरलाई १-० ले पराजित गरेको छ ।
  • वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डियालोले विलफ्रेड सिंगोको पासमा ९०औं मिनेटमा गोल गरे ।
  • यो जितसँगै समूह 'इ' मा आइभरी कोस्टले महत्वपूर्ण ३ अंक जोडेको छ भने जर्मनी गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ ।

१ असार, काठमाडौं । अमद डियालोले अन्तिम मिनेटमा गरेको गोल मदतमा आइभरी कोस्टले फिफा विश्वकप २०२६ मा इक्वेडरलाई १-० ले पराजित गरेको छ ।

फिलाडेल्फिया स्टेडियममा  सोमबार बिहान भएको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डियालोले ९०औं मिनेटमा गोल गरे । उनले विलफ्रेड सिंगोको पासमा गोल गरेका हुन् ।

त्यसअघि पनि खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि फिनिसिङ गर्न सकेन ।

अन्तिम समयमको गोलले आइभरी कोस्टले समूह इ मा महत्वपूर्ण ३ अंक जोडेको छ । यवो हारपछि इक्वेडरको लगातार १९ खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ ।

यसै समूहको पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७-१ ले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ । जर्मनी र आइभरी कोस्टको समान ३ अंक भएपनि गोल अन्तरमा जर्मनी अघि छ ।

इक्वेडर र कुरासाओ भने अंकविहिन छन् । समूह इ मा अब आइभरी कोस्टले जर्मनीसँग २० जुनमा खेल्नेछ ।

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय