+
+
Shares
मधेश बजेट :

परिमार्जन भयो मधेश प्रदेशको ‘बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले अब ‘शिक्षित छोरी, सुरक्षित मधेश ! उद्यमशील नारी समृद्ध मधेश’ नारा कायम गरी कार्यक्रम सन्चालन गरिने जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १४:३७

१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ परिमार्जन गरेको छ । त्यसलाई मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रममा परिणत गरिएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले अब ‘शिक्षित छोरी, सुरक्षित मधेश ! उद्यमशील नारी समृद्ध मधेश’ नारा कायम गरी कार्यक्रम सन्चालन गरिने जानकारी दिए ।

मधेश प्रदेशको पहिलो सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ ल्याएको थियो । एक समय यो मधेश प्रदेश सरकारको सबैभन्दा लोकप्रिय थियो । यस कार्यक्रमअन्तर्गत साइकल वितरण, छोरी बिमा, लोकसेवा तयारी कक्षाजस्ता कार्यक्रम राष्ट्रियस्तरमै चर्चित बनेका थिए । तत्कालीन प्रदेश सरकारले यसलाई प्रदेशको गौरवको योजनाका रूपमा अघि बढाएको थियो ।

तर साइकल खरिद अनियमिततामा तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नै मुछिएको लगायतका कारण बदनाम भएपछि ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ अलपत्र परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?