+
+
Shares

ढाकाको झोलामा कोशी प्रदेशको बजेट

बजेटमा कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।

हरि अधिकारी हरि अधिकारी
२०८३ असार १ गते १६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।
  • मन्त्री लिङ्थेपले मौलिक नेपाली उत्पादन प्रवर्द्धन गर्न परम्परागत ब्रिफकेसको सट्टा ढाकाको झोलामा बजेट वक्तव्य बोकेर प्रदेशसभा सचिवालय पुग्नुभएको छ ।
  • प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

१ असार, विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन् ।

मन्त्री लिङ्थेप परम्परागत ब्रिफकेसको सट्टा स्थानीय पहिचान झल्किने ढाकाको झोलामा बजेट वक्तव्य बोकेर प्रदेशसभा सचिवालय पुगेका छन् ।

नेपाली मौलिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले ढाकाको झोला बोकेका हुन् ।

केही बेरमा सुरु हुने प्रदेशसभा बैठकमा मन्त्री लिङ्थेपले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण बजेट प्रस्तुत गर्नेछन् ।

बजेटमा कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?