+

नेपालमै अत्याधुनिक ल्याब परीक्षणको हब बन्दै ‘नेशनल प्याथ ल्याब’

२०८३ असार  ८ गते १३:५१ २०८३ असार ८ गते १३:५१

अत्याधुनिक स्वचालित उपकरण, दक्ष जनशक्ति, आन्तरिक तथा बाह्य गुणस्तर मूल्यांकन र निरन्तर निगरानीले रिपोर्टको विश्वसनीयता सुनिश्चित गर्छ ।

नेपालमै अत्याधुनिक ल्याब परीक्षणको हब बन्दै ‘नेशनल प्याथ ल्याब’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको नेशनल प्याथ ल्याबले आनुवंशिक र मोलिक्युलर परीक्षण नेपालमै उपलब्ध गराई जटिल स्वास्थ्य परीक्षणका लागि विदेश जानुपर्ने बाध्यता हटाउँदै लगेको छ।

काठमाडौँ  । कुनै समय यस्तो पनि थियो, जटिल स्वास्थ्य परीक्षणका लागि विदेशका प्रयोगशालाको मुख ताक्नुपर्थ्यो । एउटा रिपोर्टका लागि हप्तौं कुर्नुपर्थ्यो, ठूलो खर्च व्यहोर्नुपर्थ्यो र उपचारको निर्णयसमेत ढिलो हुन्थ्यो । तर अहिले त्यस्तो छैन ।

उदाहरण हो, ललितपुरको लगनखेलस्थित नेशनल प्याथ ल्याबको सेन्टर फर साइटोजेनेटिक्स एण्ड मोलिक्युलर प्याथोलोजी ।

यहाँ आइपुग्ने हरेक नमुना केवल परीक्षण सामग्री होइन, कसैको उपचारको आधार, कसैको भविष्यको निर्णय र कसैको जीवन बचाउने सम्भावित सुरुवात हो ।

ललितपुरस्थित संचयकोष भवनको चौथों तलामा रहेको यो प्रयोगशालाभित्र प्रवेश गर्नेबित्तिकै विज्ञान, प्रविधि र विशेषज्ञताको संयोजनले बनेको एउटा व्यवस्थित संसार देखिन्छ ।

कतै देशभरबाट आएका नमुनाहरू दर्ता भइरहेका छन्, कतै अत्याधुनिक स्वचालित उपकरणहरूले सूक्ष्म विश्लेषण गरिरहेका छन्, त कतै विशेषज्ञहरूको टोली प्रत्येक नतिजालाई पुनः परीक्षण र प्रमाणीकरण गर्दैछ ।’

ल्याबभित्र चलिरहने प्रत्येक प्रक्रिया एउटा साझा उद्देश्यमा केन्द्रित छ– बिरामीलाई सही समयमा सही र विश्वसनीय रिपोर्ट उपलब्ध गराउने ।

संस्थाका प्रबन्ध निर्देशक पवन जोशी भन्छन्, ‘हामीले सुरुदेखि नै एउटा कुरा प्राथमिकतामा राख्यौं, त्यो हो बिरामीले पाउने रिपोर्ट सही र विश्वसनीय हुनुपर्छ । आज देशभरका सेवा केन्द्रहरूलाई एउटै गुणस्तर प्रणालीमा जोडेर काम गरिरहेका छौं ।’

संस्थाका प्रबन्ध निर्देशक पवन जोशी भन्छन्, ‘हामीले सुरुदेखि नै एउटा कुरा प्राथमिकतामा राख्यौं, त्यो हो बिरामीले पाउने रिपोर्ट सही र विश्वसनीय हुनुपर्छ । आज देशभरका सेवा केन्द्रहरूलाई एउटै गुणस्तर प्रणालीमा जोडेर काम गरिरहेका छौं ।’

सानो सुरुवातबाट यात्रा थालेको नेशनल प्याथ ल्याब आज देशभर फैलिएका १२ वटा सेवा केन्द्र, अत्याधुनिक ‘ए ग्रेड’ प्रयोगशाला र लगनखेलस्थित सेन्टर फर साइटोजेनेटिक्स एण्ड मोलिक्युलर प्याथोलोजीमार्फत हजारौं सेवाग्राहीसम्म पुगिरहेको छ ।

हट्दैछ विदेश जानुपर्ने बाध्यता

नेशनल प्याथ ल्याबले मोलिक्युलर डायग्नोस्टिक्स, पीसीआर, साइटोजेनेटिक्स तथा विभिन्न आनुवंशिक परीक्षणहरू नेपालमै उपलब्ध गराउँदै आएको छ । यसले केवल परीक्षणको पहुँच बढाएको छैन, स्वास्थ्य सेवामा देशको आत्मनिर्भरता पनि बलियो बनाएको छ ।

यहाँ साइटोजेनेटिक्स विभाग विशेष महत्वको मानिन्छ । क्रोमोसोम र आनुवंशिक परीक्षणमार्फत बाँझोपन, बारम्बार गर्भ खेर जाने समस्या, जन्मजात आनुवंशिक अवस्था तथा केही प्रकारका क्यान्सरसँग सम्बन्धित परिवर्तन पहिचान गर्न सकिन्छ ।

सो ल्याबका कन्सल्टेन्ट साइटोजेनेटिसिस्ट डा. कृष्णकुमार महर्जनका अनुसार विदेश पठाउनुपर्ने धेरै अनुवांशिक परीक्षण अहिले नेपालमै गर्न सकिने भएको छ ।

‘हामीकहाँ यी सेवा सञ्चालनमा आएसँगै बिरामीलाई छिटो निदान, कम खर्च र उपचार सुरु गर्न सहज बनाएको छ । अब नमूना पठाउनकै लागि विदेश लानुपर्ने झन्झट कम भएको छ,  ’उनी भन्छन् ।

‘हामीकहाँ यी सेवा सञ्चालनमा आएसँगै बिरामीलाई छिटो निदान, कम खर्च र उपचार सुरु गर्न सहज बनाएको छ । अब नमूना पठाउनकै लागि विदेश लानुपर्ने झन्झट कम भएको छ,  ’उनी भन्छन् ।

उनका अनुसार आधुनिक जेनेटिक प्रविधिले रोगलाई आणविक तहसम्म बुझ्न मद्दत गर्छ, जसले उपचारलाई अझ प्रभावकारी बनाउँछ । विदेशमा मात्र सम्भव मानिएका धेरै परीक्षणहरू आज नेपालमै उपलब्ध हुनु स्वास्थ्य क्षेत्रका लागि ठूलो उपलब्धि मानिन्छ ।

रिपोर्ट मात्र होइन, उपचारको परामर्श पनि

प्रयोगशालाको काम केवल परीक्षण गरेर रिपोर्ट निकाल्नुमा सीमित हुँदैन । नमुना दर्ता भएपछि त्यसको वैज्ञानिक यात्रा सुरु हुन्छ । नमुना सम्बन्धित विभागमा पुग्छ ।

हेमाटोलोजी विभागमा रक्तसम्बन्धी परीक्षण, बायोकेमिस्ट्री विभागमा मधुमेह, कलेजो, मिर्गौला तथा कोलेस्ट्रोलसम्बन्धी परीक्षण, हर्मोन तथा इम्युनोलोजी विभागमा थाइराइड, भिटामिन र हर्मोन परीक्षण गरिन्छ । वास्तवमा एउटा रिपोर्टले बिरामीको उपचार यात्रा तय गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

यहाँ अत्याधुनिक हेमाटोलोजी विभाग छ, जहाँ रगतसम्बन्धी परीक्षणहरू गरिन्छन् । सीबीसीजस्ता परीक्षणले संक्रमण, रक्तअल्पता र विभिन्न रोगका संकेत दिन्छन् ।

यी सबै परीक्षणहरूको नतिजा विशेषज्ञद्वारा पुनः समीक्षा र प्रमाणीकरण गरिएपछि मात्रै जारी गरिने ल्याबका प्रमुख समेत रहेका प्याथोलोजिस्ट डा. जीवन अधिकारी बताउँछन् ।

‘हाम्रा लागि रिपोर्ट अन्तिम नतिजा होइन । त्यो बिरामीको उपचार यात्राको सुरुवात हो । त्यसैले, प्रत्येक परीक्षणमा शुद्धता र गुणस्तर सुनिश्चित गर्न बहुस्तरीय जाँच प्रक्रिया अपनाइएको छ, ’उनी भन्छन् ।

यही कारणले नेशनल प्याथ ल्याब केवल रिपोर्ट दिने संस्था नभई उपचारको आधार तयार गर्ने साझेदारको भूमिका निर्वाह गरिरहेको डा. अधिकारीको दावी गर्छ ।

स्वास्थ्य चेतनाको नयाँ माध्यम : हेल्थ पोडकास्ट

स्वास्थ्य सेवा केवल अस्पताल र प्रयोगशालाको चार भित्ताभित्र सीमित हुँदैन । सही जानकारीको अभावमा धेरै मानिस समयमै परीक्षण र उपचारसम्म पुग्न सक्दैनन् ।

यही आवश्यकतालाई महसुस गर्दै नेशनल प्याथ ल्याबले स्वास्थ्य चेतना अभिवृद्धिका लागि आफ्नै हेल्थ पोडकास्ट सञ्चालन गरिरहेको छ ।

विभिन्न रोग, परीक्षण, जीवनशैली, रोकथाम र आधुनिक उपचार प्रविधिबारे विशेषज्ञ चिकित्सकसँग संवाद गरी आम नागरिकलाई वैज्ञानिक र विश्वसनीय जानकारी प्रदान गरिन्छ ।

प्रबन्ध निर्देशक पवन जोशी भन्छन्, ‘हामी केवल परीक्षण गर्ने संस्था बन्न चाहँदैनौं, स्वास्थ्यसम्बन्धी सही जानकारी पनि जनमानसमा पुग्नुपर्छ भन्ने विश्वासका साथ हेल्थ पोडकास्ट सुरु गरेका हौं ।’

डिजिटल युगमा स्वास्थ्य शिक्षा जनतासम्म पुर्‍याउने यो प्रयासले नेशनल प्याथ ल्याबलाई केवल परीक्षण केन्द्र मात्र नभई स्वास्थ्य सचेतनाको साझेदारका रूपमा पनि स्थापित गरिरहेको देख्न सकिन्छ ।

जहाँ प्रत्येक चरणमा गुणस्तर जाँचिन्छ

प्रयोगशालाको अर्को महत्वपूर्ण पक्ष भनेको यसको गुणस्तर नियन्त्रण प्रणाली हो । नमुना दर्तादेखि अन्तिम रिपोर्ट जारी हुनेसम्म प्रत्येक चरणमा वैज्ञानिक मापदण्ड पालना गरिन्छ ।

अत्याधुनिक स्वचालित उपकरण, दक्ष जनशक्ति, आन्तरिक तथा बाह्य गुणस्तर मूल्यांकन र निरन्तर निगरानीले रिपोर्टको विश्वसनीयता सुनिश्चित गर्छ ।

प्रयोगशालाका एक प्राविधिक भन्छन्, ‘हरेक नमुना पछाडि एउटा बिरामीको जीवन जोडिएको हुन्छ । त्यसैले हामी प्रत्येक चरणमा गुणस्तरलाई पहिलो प्राथमिकता दिन्छौं ।’

यही कारणले नेशनल प्याथ ल्याब आज धेरै चिकित्सक र बिरामीका लागि विश्वासको पर्याय बनेको छ ।

विश्वास, प्रविधि र भविष्य

आज स्वास्थ्य क्षेत्रमा प्रविधिको भूमिका तीव्र गतिमा बढिरहेको छ । कृत्रिम बुद्धिमत्ता, जेनेटिक मेडिसिन र मोलिक्युलर डायग्नोस्टिक्सजस्ता प्रविधिहरूले रोग पहिचान र उपचार व्यवस्थापनलाई नयाँ उचाइमा पुर्‍याइरहेका छन् ।

मोलिक्युलर डायग्नोस्टिक्सले शरीरभित्र हुने आनुवंशिक तथा जैविक परिवर्तनहरूको अध्ययनमार्फत रोगबारे थप विस्तृत जानकारी प्रदान गर्छ । यसले चिकित्सकलाई रोगको प्रकृति बुझ्न र उपचारसम्बन्धी निर्णय लिन आवश्यक जानकारी उपलब्ध गराउन सहयोग गर्छ ।

नेशनल प्याथ ल्याबमा उपलब्ध ३० भन्दा बढी प्रकारका अन्कोजन प्यानलजस्ता परीक्षणहरूले क्यान्सरसँग सम्बन्धित केही अनुवांशिक परिवर्तनहरू पहिचान गर्न र क्यान्सरको आणविक स्तरमा अध्ययन गर्न सहयोग प्रदान गर्छन् ।

यस्ता परीक्षणहरूले चिकित्सकलाई बिरामीको अवस्थाअनुसार उपचार विकल्पहरू मूल्याङ्कन गर्न सहयोग पुर्‍याउँछन् । त्यस्तै, गर्भावस्थामा गरिने एनआइपीटी (नन–इन्भेसिभ–प्रिनेटल टेस्ट ) ले आमाको रगतमा पाइने भ्रूणको डीएनएको विश्लेषण गरेर डाउन सिन्ड्रोम (ट्राइजोमी २१ ) लगायत केही क्रोमोसोमसम्बन्धी अवस्थाको जोखिम पहिचान गर्न मद्दत गर्छ ।

यो एक सुरक्षित र गैर–आक्रामक परीक्षण हो, जसले गर्भावस्थाको व्यवस्थापनका लागि चिकित्सक र परिवारलाई थप जानकारी प्रदान गर्छ । प्रजनन स्वास्थ्यको क्षेत्रमा पीजीटीए (प्रिइम्प्लान्टेशन जेनेटिक टेस्टीङ फर एन्युप्लिओडीजस्ता प्रविधिहरू आइभीएफ प्रक्रियासँग सम्बन्धित छन् ।

यसले भ्रूण प्रत्यारोपण गर्नुअघि भ्रुणमा रहेको क्रोमोसोमको संख्या सम्बन्धी असामान्यता पहिचान गर्न सहयोग गर्छ, जसले चिकित्सकलाई भ्रुण छनोट प्रक्रियामा थप जानकारी दिन सक्छ ।

नेशनल प्याथ ल्याब पनि यही परिवर्तनसँगै अघि बढिरहेको छ । आधुनिक प्रविधिमा निरन्तर लगानी, विशेषज्ञ जनशक्ति विकास र गुणस्तरीय सेवाप्रतिको प्रतिबद्धताले यसलाई नेपालको स्वास्थ्य परीक्षण क्षेत्रमा अग्रणी संस्थाका रूपमा उभ्याएको छ ।

 

जाँच नेशनल प्याथ ल्याब प्रयोगशाला
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय