काठमाडौं । भुवन केसीले आगामी निर्देशकीय फिल्म ‘बाटुलो जून’को छायांकन टुंगाएका छन् । अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत फिल्मको छायांकन सम्पन्न भएको जनाएका हुन् ।
उनी लेख्छन्, ‘एक वर्षको समर्पण, मेहनत र अविस्मरणीय सम्झनापछि हाम्रो काम अन्ततः सम्पन्न भएको छ । अब अर्को समयको अर्को कथासँग छिट्टै भेट हुनेछ । हामी पूरै भिजेकोमा ध्यान नदिनुहोस्, किनकि हाम्रो अन्तिम दृश्य वर्षाको दृश्य थियो ।’
अनमोलले सेयर गरेको फोटोमा निर्देशक भुवन र डेब्यू गर्ल प्रिन्सी खतिवडा पनि देखिएकी छन् । अनमोलले भनेजस्तै भिज्नुपर्ने दृश्य भएकाले फोटोमा पनि उनीहरू भिजेको देख्न सकिन्छ ।
अन्तिम सेड्युलको छायांकन काठमाडौं नजिकको नुवाकोटमा गरिएको जनाइएको छ । अब यसपछि अनमोल झरना थापाको आगामी निर्देशकीय प्रोजेक्ट ‘ए मेरो हजुर ५’मा ब्यस्त हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4