+
+
Shares

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधिसभामा प्रस्तुत

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक २०८३ प्रस्तुत गरेका छन्।
  • अर्थमन्त्री वाग्लेले तस्करी र वित्तीय कसुर नियन्त्रण गरी अनुसन्धानलाई प्रभावकारी बनाउन कानुन संशोधन आवश्यक रहेको बताए ।
  • संवैधानिक व्यवस्थाअनुसार अध्यादेशलाई प्रतिस्थापन गर्न उक्त विधेयक सदनमा ल्याइएको जानकारी अर्थमन्त्रीले गराए ।

१४ असार, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखको अनुमतिपश्चात अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा सदनसमक्ष पेस गरेका हुन् ।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १०५ बमोजिम उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए ।

विधेयकको औचित्यमाथि प्रकाश पार्दै अर्थमन्त्री वाग्लेले तस्करी, भन्सार छली, अन्तःशुल्क तथा करसम्बन्धी कसुर, धितोपत्र वा कमोडिटिज बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र मार्केट म्यानुपुलेसन जस्ता अपराधहरूलाई नियन्त्रण गर्न कानुन संशोधन आवश्यक रहेको बताए ।

उनले मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय र बीमा क्षेत्रसँग सम्बन्धित कसुरहरूमा गरिने अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानुनमा तत्काल सुधारको आवश्यकता रहेको बताए ।

संसद्को अधिवेशन नचलेको अवस्थामा जारी गरिएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ संघीय संसदबाट स्वीकृत भइसकेको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा २ को प्रतिबन्धात्मक वाक्यांशको खण्ड ‘ग’ बमोजिम अध्यादेशलाई प्रतिस्थापन गर्न निश्चित समयावधिभित्रै विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार यो विधेयक प्रस्तुत गरिएको अर्थमन्त्रीले सदनलाई जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?