+
+
Shares

सुनचाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
  • चाँदीको मूल्य १५ रुपैयाँले घटेर आज ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक साताको अवधिमा सुनको भाउ ६ हजार ३ सय रुपैयाँले ओरालो लागेको छ ।

१५ असार, काठमाडौं । सोमबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ तथा चाँदी १५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक साताको अवधिमा सुनको भाउ ६ हजार ३ सय रुपैयाँ घटेको छ । गत सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेसँगै ४ हजार ३१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ४ हजार ३२५ रुपैयाँ थियो भने  गत सोमबार ४ हजार ७३० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?